Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त

खबरडबली संवाददाता

किएभ । युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा अत्यन्तै संवेदनशील र कठोर सर्तहरू समावेश गरिएका छन् । प्रस्तावमा किएभलाई रूसी नियन्त्रणमा रहेका केही भूभाग हस्तान्तरण गर्नुपर्ने र आफ्नो सेनाको आकारलाई आधाभन्दा बढी कटौती गर्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त विवरणबारे जानकारी राख्ने एक वरिष्ठ अधिकारीले एएफपीसँग बुधबार कुरा गर्दै यस्तो प्रस्ताव युक्रेनले विगतमा बारम्बार अस्वीकार गर्दै आएको रुसका अधिकतम मागहरूसँग मिल्दोजुल्दो रहेको बताए ।

उक्त प्रस्तावित मस्यौदामा ‘क्रिमिया तथा रूसी सेनाद्वारा कब्जा गरिएका अन्य क्षेत्रहरूको मान्यता’ प्रदान गर्नुपर्ने र ‘सेनाको सङ्ख्या चार लाखमा सीमित गर्ने’ व्यवस्था गरिएको स्रोतले बताएको छ । साथै, युक्रेनले किएभका लागि अत्यन्तै संवेदनशील र जोखिमपूर्ण मानिने आफ्ना सबै लामो दूरीका हतियार त्याग्नुपर्ने शर्त पनि समावेश गरिएको छ ।

अधिकारीका अनुसार यो वास्तवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै धारणा हो कि उनको दलको आधिकारिक नीति हो भन्ने विषय भने स्पष्ट छैन । प्रस्तावका बदलामा रुसले के कदम चाल्नेछ भन्ने विषय ‘अस्पष्ट’ रहेको स्रोतले बतायो ।

अमेरिकी सञ्चार माध्यम एक्सियोसले यसअघि वासिङ्टन र मस्कोबीच करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने गोप्य योजना तयार भइरहेको उल्लेख गरेको थियो । सो रिपोर्टबारे क्रेमलिनले हालसम्म कुनै टिप्पणी गर्न अस्वीकार गर्दै शान्ति प्रक्रियामा नयाँ प्रगति नभएको मात्र दोहो¥याएको छ । एएफपीले यस विषयमा ह्वाइट हाउससँग पनि टिप्पणीका लागि सम्पर्क गरेको छ ।

रुसले अहिले युक्रेनको करिब २० प्रतिशत भाग कब्जामा राखेको छ, जसको ठूलो हिस्सा निरन्तरको भीषण युद्धले नष्ट भएको छ । मस्कोले दक्षिणी तथा पूर्वी युक्रेनमा आफ्नो नियन्त्रण कायम राख्नुपर्ने तथा किएभले थप भूभाग हस्तान्तरण गर्नुपर्ने माग निरन्तर दोहो¥याउँदै आएको छ ।

सन् २०२२ मा रुसले डोनेट्स्क, लुगान्स्क, जापोरिझिया र खेरसन गरी चार युक्रेनी क्षेत्र कब्जा गरेको थियो । यद्यपि ती क्षेत्रहरूमा मस्कोको पूर्ण नियन्त्रण छैन । यद्यपि क्रिमियन प्रायद्वीप भने रुसले सन् २०१४ मै आत्मसात् गरी त्यसयतैदेखि पूर्ण नियन्त्रणमा राख्दै आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धलाई युद्ध अन्त्यका लागि उपयोग गर्न खोज्दै आएका छन् । तर अहिलेसम्म कुनै ठोस प्रगति देखिएको छैन । युक्रेन युद्धबारे ट्रम्पको धारणा पनि समयानुसार लगातार परिवर्तन हुँदै आएको विश्लेषकहरूको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending