बारा । बाराकाे सिमरामा जेनजी युवाहरूले सञ्चालन गरेको शान्तिपूर्ण विरोध कार्यक्रमलाई अवरोध गर्ने घटनामा संलग्न एमालेका नेता तथा कार्यकर्ताहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो भएको झडपसम्बन्धी जाहेरी दर्ता भएपछि प्रहरीले घटनामा संलग्नहरूको पहिचान, पक्राउ र अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजय पण्डितका अनुसार घटनामा संलग्न रहेको आरोपमा आज दुई जना वडाध्यक्षलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एमाले वडाध्यक्ष धनबहादुर श्रेष्ठ (वडा २) र कैयमुदिन अन्सारी (वडा ६) रहेका छन् ।
उनीहरूविरुद्ध गरिएको प्रारम्भिक सोधपुछपछि घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता भेटिएको पण्डितले बताए । ‘जाहेरीमा नाम टिपोट गरिएका बाँकी ६ जना को खोजी जारी छ,’ पण्डितले भने, ‘पहिचान भइसकेका सबैलाई कानुनी दायरामा ल्याउन प्रहरी गम्भीर छ ।’
बुधबारको घटनापछि जेनजी समूहका युवाहरूले हिरा बस्नेत, त्रिलोक ठकुरी, ईश्वर थपलिया, गोविन्द लामा, धनबहादुर श्रेष्ठ र कैयमुदिन अन्सारीलगायतलाई अभियुक्त बनाउँदै जिल्ला प्रहरी कार्यालय, कलैयामा उजुरी दिएका थिए ।
उक्त जाहेरीका आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र बाँकी अभियुक्तहरूको खोजी तथा प्रमाण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: