सिराहा । सिराहा प्रहरीले जिल्लाको कर्जन्हा र नवराजपुरबाट कडा खालको प्रतिबन्धित लागुऔषध ब्राउनसुगरजस्तो खैरो पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार बिहान इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले यात्रुवाहक बस चेकजाँचको क्रममा कर्जन्हा नगरपालिका– ३, बन्दीपुरबाट एकजनालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा बा.प्र ०३–००१ ख २६५४ नम्बरको काँकडभिट्टादेखि काठमाडौं रुटमा चल्ने महादेव नामको यात्रुवाहक बसमा सवार सिराहाको लहान नगरपालिका– १, मटियर्वा बस्ने करिब २२ वर्षीय अमित यादवलाई पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
उनका अनुसार यादवले बोकेको झोला खानतलासी गर्दा झोलाभित्र लुकाएको ब्राउनसुगरजस्तो देखिने पदार्थ प्लास्टिकबाहेक १५.६० ग्राम बरामद भएपछि तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
त्यसअघि गत २९ कात्तिकको साँझ जिल्लाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– ४, नवराजपुरबाट भारत हुँदै नेपालतर्फ आउँदै गरेका दुईजनालाई ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स.१० प ७८६ नम्बरको मोटरसाइकलमा आउँदै गरेका सप्तरीको सुरुंगा नगरपालिका– ७, चकदह गाउँका करिब २१ वर्षीय विक्रान्त चौधरी र पछाडि बसेका लहान– १ मटियर्वाका करिब २६ वर्षीय शीतल चौधरीलाई पक्राउ गरी महेशपुरतार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: