Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

ब्राउनसुगरसहित सिराहाबाट तीनजना पक्राउ

खबरडबली संवाददाता

सिराहा । सिराहा प्रहरीले जिल्लाको कर्जन्हा र नवराजपुरबाट कडा खालको प्रतिबन्धित लागुऔषध ब्राउनसुगरजस्तो खैरो पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार बिहान इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले यात्रुवाहक बस चेकजाँचको क्रममा कर्जन्हा नगरपालिका– ३, बन्दीपुरबाट एकजनालाई पक्राउ गरेको हो । 

गोप्य सूचनाको आधारमा बा.प्र ०३–००१ ख २६५४ नम्बरको काँकडभिट्टादेखि काठमाडौं रुटमा चल्ने महादेव नामको यात्रुवाहक बसमा सवार सिराहाको लहान नगरपालिका– १, मटियर्वा बस्ने करिब २२ वर्षीय अमित यादवलाई पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । 

उनका अनुसार यादवले बोकेको झोला खानतलासी गर्दा झोलाभित्र लुकाएको ब्राउनसुगरजस्तो देखिने पदार्थ प्लास्टिकबाहेक १५.६० ग्राम बरामद भएपछि तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

त्यसअघि गत २९ कात्तिकको साँझ जिल्लाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– ४, नवराजपुरबाट भारत हुँदै नेपालतर्फ आउँदै गरेका दुईजनालाई ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स.१० प ७८६ नम्बरको मोटरसाइकलमा आउँदै गरेका सप्तरीको सुरुंगा नगरपालिका– ७, चकदह गाउँका करिब २१ वर्षीय विक्रान्त चौधरी र पछाडि बसेका लहान– १ मटियर्वाका करिब २६ वर्षीय शीतल चौधरीलाई पक्राउ गरी महेशपुरतार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending