Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक

फाइल फोटो
खबरडबली संवाददाता

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालयले कानुनी प्रक्रिया पूरा नगरी मानवरहित हवाई उपकरण (ड्रोन) उडान नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा नियमविपरीत ड्रोन उडान भइरहेको गुनासो बढेपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सचेत गराएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जारी गरेको सूचनामा नागरिकको गोपनीयता, व्यक्तिगत सुरक्षा तथा सामरिक संवेदनशीलतालाई ध्यानमा राख्दै कानुनअनुसारका सबै प्रक्रिया पूरा नगरी ड्रोन उडान गर्न नपाइने स्पष्ट पारिएको छ । यस्तै अनुमतिबिना जबर्जस्ती ड्रोन उडान गरे कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

प्रशासनका अनुसार ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५ ले तोकेअनुसार ड्रोन अनिवार्य रूपमा दर्ता गर्नु तथा उडान अनुमति लिनु अनिवार्य छ । ड्रोनको बनोट तथा तौलका आधारमा वर्गीकरण, अधिकतम उचाइ र उडान समय, उडान क्षेत्र निर्धारणलगायतका सबै प्रावधान पालना गरेपछि मात्र ड्रोन उडान गर्न पाइने प्रशासनले स्पष्ट गरेको छ ।

कानुनविपरीत ड्रोन उडान भएमा उडान अनुमति खारेज, उपकरण जफतलगायत आवश्यक कानुनी कारबाही हुने भन्दै प्रचलित नियमविपरीत ड्रोन उडान नगर्न प्रशासनले सर्वसाधारण, सङ्घसंस्था तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending