बाजुरा । जिल्ला निर्वाचन कार्यालय बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लामा थप १२ वटा नयाँ मतदान केन्द्र सिफारिस गरेको छ । जिल्लाका चार स्थानीय तहमा आवश्यकताअनुसार नयाँ मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस पठाइएको कार्यालयले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त प्रमुख अंगत महतका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा २ वटा, वडा नं. ३ मा २ वटा, हिमाली गाउँपालिका–१ बिच्छ्यामा १, वडा नं. ५ मा १ र वडा नं. ६ मा थप २ मतदान केन्द्र सिफारिस गरिएको छ । त्यस्तै त्रिवेणी नगरपालिका–८ मा २ र बुढीनन्दा नगरपालिका–३ मा २ मतदान केन्द्र थप गर्न प्रस्ताव गरिएको उनले बताए।
यससँगै बुढीगंगा नगरपालिका–२, ३, ५ र ९ का मतदान केन्द्रलाई सम्बन्धित वडाको कार्यालयमा स्थानान्तरणका लागि पनि आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
हाल बाजुराका पाँच नगरपालिका र चार गाउँपालिकामा ७० मतदान स्थल र ११२ मतदान केन्द्र छन् । जिल्लाभर ८६ हजारभन्दा बढी मतदाता रहेका छन् ।
करिब २२ दिनको अवधिमा ८८ महिला र १३३ पुरुष गरी २ सय २१ नयाँ मतदाता थपिएको कार्यालयका निमित्त प्रमुख महतले जानकारी दिए । कात्तिक २ गते मात्र १० नयाँ मतदाता दर्ता भएका छन् । उहाँले मतदाता नामावली दर्ता गर्न अझै करिब २८ दिन बाँकी रहेको उल्लेख गर्दै समयमै कार्यालयमा आएर नाम दर्ता गर्न आग्रह गरे ।
निर्वाचन आयोगले जेनजी लक्षित कार्यक्रमअन्तर्गत असोज १० गतेदेखि सुरू भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य कात्तिक मसान्तसम्म रहने बताएको थियो । तर उत्साह जनक सहभागिता देखिएका कारण आयोगले म्याद थप गर्दै मङ्सिर ५ गतेसम्मका लागि विस्तार गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १७:२३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ। ...
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...




प्रतिकृया लेख्नुहोस्: