बर्दिया । बर्दियाको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी) को गोदाममा करिब २५ हजार क्विन्टल चामल थन्किएपछि नयाँ धान राख्ने ठाउँ अभाव भएको छ ।
धान खरिदको मुख्य सिजन सुरु भइसके पनि गोदाम क्षमता नपुग्दा खरिद प्रक्रियामै ढिलाइ हुन थालेको कम्पनीले जनाएको छ । राजापुर शाखाले गत वर्ष किसानबाट ठूलो मात्रामा धान खरिद गरी चामल उत्पादन गरे पनि वितरण सुस्त भएपछि स्टक कम हुन सकेको छैन । बजार माग स्थिर रहँदा स्टक झनै बढ्दै गएको शाखा प्रमुख कमलराज पाण्डेले बताए ।
धान बिक्रीका लागि किसान कम्पनी पुगे पनि ठाउँ अभावका कारण खरिद प्रक्रिया रोकिएको छ । किसानहरूले सरकारी संस्थामा बेच्ने मन भए पनि अव्यवस्थापनका कारण आफ्नो उत्पादन थन्किन थालेको गुनासो गरेका छन् ।
राजापुर शाखासँग सीमित भण्डारण क्षमता मात्र छ । गोदाम विस्तार र आधुनिकीकरणका प्रस्ताव धेरैपटक पठाए पनि बजेट नआउँदा योजना वर्षौंदेखि कागजमै अड्किएको कर्मचारीहरूले बताएका छन् ।
खाद्य कम्पनीले सामाजिक सुरक्षा कार्यक्रम, विद्यालय मध्याह्न भोजन तथा सरकारी वितरण योजनाका लागि चामल आपूर्ति गर्दै आएको छ । तर सम्बन्धित निकायले माग गरेको परिमाण समयमै नआउँदा गोदाममा थन्किएको चामल घट्न नसकेको शाखाको भनाइ छ ।
शाखा प्रमुख पाण्डेका अनुसार, “वितरण सहज भएको भए अहिले गोदाम खाली हुन्थ्यो । ढिलाइ हुँदा नयाँ उत्पादन राख्नै समस्या भएको छ ।”
समस्या समाधानका लागि अस्थायी रूपमा भाडाको गोदाम लिने विषयमा छलफल भइरहेको शाखाले जनाएको छ । साथै उच्चस्तरीय कार्यालयसँग चाँडो वितरण तथा अतिरिक्त बजेटको माग गरिएको छ ।
खाद्य कम्पनीले यस वर्ष बर्दियामा १८ हजार क्विन्टलभन्दा बढी धान खरिद गरिसकेको छ । राजापुरमै ९ हजार ३०० क्विन्टल धान खरिद भइसकेको र यस सिजनमा ११ हजार क्विन्टलभन्दा बढी खरिद हुने अनुमान गरिएको छ । तर गोदाममा करिब १० हजार क्विन्टल मात्र क्षमता खाली रहेकोले समस्या थप चर्किएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: