काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । शनिबार केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेर आइतबार दल दर्ता गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
‘शनिबार केन्द्रीय समिति बैठकबाट निर्णय गर्छौँ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘आइतबार निर्वाचन आयोगमा गएर दल दर्ता गर्छौँ ।’
गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
पार्टीको १५ औँ महाधिवेशन फागुन २१ गतेका लागि तय भएको निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद छ । त्यही विवादका कारण पटक–पटक सर्दै आएको केन्द्रीय समिति बैठक राष्ट्रियसभामा भाग लिन दल दर्ता गर्ने निर्णय गर्नका लागि पनि शनिबार बस्नेछ । ‘निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयका लागि भए पनि शनिबार बैठक बस्छ,’ विश्वकर्माले भने ।
आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन मंसिर ७ गतेभित्र दल दर्ता गर्ने समय निर्धारण गरेको छ । आयोगले कात्तिक २८ गते सूचना निकालेर आयोगमा दर्ता कायम रहेका दलहरूलाई राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि मंसिर ७ गते कार्यालय समयभित्र दल दर्ता कागजात बुझाउन भनेको थियो ।
दल दर्ताका लागि केन्द्रीय कार्यसमितिबाट दल दर्ता गर्ने निर्णय भएको माइन्युटको प्रतिलिपि आवश्यक पर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: