काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले थप १०० वटा गाडी खरिद प्रक्रिया अघि बढाएको छ ।
अर्थ मन्त्रालयबाट सहमति पाएसँगै प्रहरी प्रधान कार्यालयले टेन्डर आह्वान गरिसकेको छ । मंसिर ७ मा बिड खोलिने छ ।
यसअघि आह्वान गरिएको ८५ गाडी खरिद टेन्डरमा ७५ वटा पिकअप पट्रोल भ्यान र १० वटा विद्युतीय पिकअप स्कर्ट भ्यानका लागि क्रमशः अग्नि इन्कर्पोरेट र सीजी मोटर्स चयन भएका छन् । महिन्द्रा स्कोर्पियो मोडेलको पिकअप भ्यान प्रतिगोटा करिब ४२ लाखभन्दा कममा सम्झौता हुने बताइएको छ ।
विद्युतीय पिकअप एक महिनाभित्र उपलब्ध गराउने प्रतिबद्धता सीजी मोटर्सले जनाएको छ । सार्वजनिक खरिद ऐनअनुसार १२० दिनभित्र सामग्री आपूर्ति गर्नुपर्ने भए पनि यसपटक चुनावअघि नै उपलब्ध गराउने गरी सम्झौता गर्ने तयारी प्रहरीको छ ।
जेनजी आन्दोलनका क्रममा १८२ वटा प्रहरी सवारी साधनमा आगजनी भएपछि प्रहरी विभागले अतिरिक्त पाँच सय गाडी आवश्यक परेको आकलन गरेको थियो । बजेट उपलब्धताअनुसार ८५ र अब थप १०० गाडी खरिद प्रक्रिया अघि बढाइएको हो ।
त्यसैगरी, प्रहरीले ६ सय हेलमेट तथा चार हजार थान ‘राइट कन्ट्रोल गियर’ पनि खरिद गर्दै छ । मंसिर १५ भित्र आपूर्ति गर्नेगरी सम्झौता भएको छ । धेरै युनिटमा दंगा नियन्त्रणका सामग्रीको अभाव रहेकाले यसअघि सशस्त्र प्रहरीबाट एक हजार थान अश्रुग्यास सापटी लिएर प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: