Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

चुनावी सुरक्षाकाे लागि एकसय नयाँ गाडी खरिद गर्दै प्रहरी

खबरडबली संवाददाता

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले थप १०० वटा गाडी खरिद प्रक्रिया अघि बढाएको छ । 

अर्थ मन्त्रालयबाट सहमति पाएसँगै प्रहरी प्रधान कार्यालयले टेन्डर आह्वान गरिसकेको छ । मंसिर ७ मा बिड खोलिने छ ।

यसअघि आह्वान गरिएको ८५ गाडी खरिद टेन्डरमा ७५ वटा पिकअप पट्रोल भ्यान र १० वटा विद्युतीय पिकअप स्कर्ट भ्यानका लागि क्रमशः अग्नि इन्कर्पोरेट र सीजी मोटर्स चयन भएका छन् । महिन्द्रा स्कोर्पियो मोडेलको पिकअप भ्यान प्रतिगोटा करिब ४२ लाखभन्दा कममा सम्झौता हुने बताइएको छ ।

विद्युतीय पिकअप एक महिनाभित्र उपलब्ध गराउने प्रतिबद्धता सीजी मोटर्सले जनाएको छ । सार्वजनिक खरिद ऐनअनुसार १२० दिनभित्र सामग्री आपूर्ति गर्नुपर्ने भए पनि यसपटक चुनावअघि नै उपलब्ध गराउने गरी सम्झौता गर्ने तयारी प्रहरीको छ ।

जेनजी आन्दोलनका क्रममा १८२ वटा प्रहरी सवारी साधनमा आगजनी भएपछि प्रहरी विभागले अतिरिक्त पाँच सय गाडी आवश्यक परेको आकलन गरेको थियो । बजेट उपलब्धताअनुसार ८५ र अब थप १०० गाडी खरिद प्रक्रिया अघि बढाइएको हो ।

त्यसैगरी, प्रहरीले ६ सय हेलमेट तथा चार हजार थान ‘राइट कन्ट्रोल गियर’ पनि खरिद गर्दै छ । मंसिर १५ भित्र आपूर्ति गर्नेगरी सम्झौता भएको छ । धेरै युनिटमा दंगा नियन्त्रणका सामग्रीको अभाव रहेकाले यसअघि सशस्त्र प्रहरीबाट एक हजार थान अश्रुग्यास सापटी लिएर प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending