काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी (जेनरेसन जी) पुस्ताको पछिल्लो आन्दोलनले नेपाललाई मात्र नभई विश्वभरि छरिएका नेपालीहरूलाई समेत झकझकाएको र नयाँ चेतना तथा ऊर्जातर्फ अघि बढ्न बाध्य पारेको बताएका छन् ।
शनिबार पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको ‘जेनजीसँग नेकपा’ कार्यक्रममा नवप्रवेशी जेनजी युवाहरूलाई स्वागत गर्दै संयोजक प्रचण्डले भने, “जेनजी युवाहरूको आन्दोलनले देशलाई राम्रोसँग हल्लाइदियो । यो आन्दोलनले नयाँ चेतनातर्फ अगाडि बढ्न उत्प्रेरित मात्र गरेन, बाध्य पनि पार्यो ।”
उनले कार्यक्रमको सुरुमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । प्रचण्डले जेनजी युवाहरूले उठाएका मागहरू आफ्नो पार्टीले २३ गते अगाडिदेखि नै उठाउँदै आएको दाबी गरे । “विगतका गल्ती–कमजोरीलाई सुधारेर नयाँ ढङ्गले नेपाल निर्माण गर्ने संकल्प लिने अवस्था तपाईंहरूले पैदा गरिदिनुभएको छ,” उनले थपे ।
आफ्नो राजनीतिक जीवनको स्मरण गर्दै प्रचण्डले १६ वर्षको उमेरमा पार्टीमा जोडिएको, २७ वर्षको उमेरमा अखिल नेपाल युवक संघको अध्यक्ष भएको र ३५ वर्षमै पार्टीको प्रमुख जिम्मेवारी सम्हालेको जानकारी दिए । जनयुद्धको पृष्ठभूमि र त्यसपछिका राजनीतिक परिवर्तनहरूलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै उनले अब देश निर्माणको जिम्मेवारी जेनजी पुस्तालाई नै सुम्पने प्रतिबद्धता व्यक्त गरे ।
“अब मुलुक बनाउने मुख्य जिम्मेवारी तपाईंहरू जेनजी पुस्ताकै काँधमा आइपुगेको छ । हाम्रो पार्टीले यो विषयमा निरन्तर छलफल गर्दै आएको छ,” प्रचण्ड भने ।
कार्यक्रममा काठमाडौं उपत्यका र आसपासका विभिन्न जिल्लाबाट दर्जनौँ जेनजी युवाहरू नेकपामा प्रवेश गरेका थिए । उनीहरूलाई संयोजक प्रचण्डले खादा र अविर–माला लगाएर भव्य स्वागत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: