Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

देश बनाउने जिम्मेवारी जेनजी पुस्ताकै काँधमा छ: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी (जेनरेसन जी) पुस्ताको पछिल्लो आन्दोलनले नेपाललाई मात्र नभई विश्वभरि छरिएका नेपालीहरूलाई समेत झकझकाएको र नयाँ चेतना तथा ऊर्जातर्फ अघि बढ्न बाध्य पारेको बताएका छन् ।

शनिबार पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको ‘जेनजीसँग नेकपा’ कार्यक्रममा नवप्रवेशी जेनजी युवाहरूलाई स्वागत गर्दै संयोजक प्रचण्डले भने, “जेनजी युवाहरूको आन्दोलनले देशलाई राम्रोसँग हल्लाइदियो । यो आन्दोलनले नयाँ चेतनातर्फ अगाडि बढ्न उत्प्रेरित मात्र गरेन, बाध्य पनि पार्यो ।”

उनले कार्यक्रमको सुरुमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । प्रचण्डले जेनजी युवाहरूले उठाएका मागहरू आफ्नो पार्टीले २३ गते अगाडिदेखि नै उठाउँदै आएको दाबी गरे । “विगतका गल्ती–कमजोरीलाई सुधारेर नयाँ ढङ्गले नेपाल निर्माण गर्ने संकल्प लिने अवस्था तपाईंहरूले पैदा गरिदिनुभएको छ,” उनले थपे । 

आफ्नो राजनीतिक जीवनको स्मरण गर्दै प्रचण्डले १६ वर्षको उमेरमा पार्टीमा जोडिएको, २७ वर्षको उमेरमा अखिल नेपाल युवक संघको अध्यक्ष भएको र ३५ वर्षमै पार्टीको प्रमुख जिम्मेवारी सम्हालेको जानकारी दिए । जनयुद्धको पृष्ठभूमि र त्यसपछिका राजनीतिक परिवर्तनहरूलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै उनले अब देश निर्माणको जिम्मेवारी जेनजी पुस्तालाई नै सुम्पने प्रतिबद्धता व्यक्त गरे । 

“अब मुलुक बनाउने मुख्य जिम्मेवारी तपाईंहरू जेनजी पुस्ताकै काँधमा आइपुगेको छ । हाम्रो पार्टीले यो विषयमा निरन्तर छलफल गर्दै आएको छ,” प्रचण्ड भने । 

कार्यक्रममा काठमाडौं उपत्यका र आसपासका विभिन्न जिल्लाबाट दर्जनौँ जेनजी युवाहरू नेकपामा प्रवेश गरेका थिए । उनीहरूलाई संयोजक प्रचण्डले खादा र अविर–माला लगाएर भव्य स्वागत गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: