Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

विशेष महाधिवेशनबाटै नयाँ नेतृत्व ल्याउनु पर्छ: महामन्त्री थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको असम्झदारी, नेतृत्वप्रति बढ्दो अविश्वास र संगठनात्मक निस्तेजतालाई अन्त्य गर्ने एकमात्र उपाय ‘विशेष महाधिवेशन’ नै रहेको स्पष्ट पार्दै अब नयाँ नेतृत्व चयनबाट मात्र कांग्रेसले आफ्नो विश्वसनीयता फर्काउन सक्ने बताएका छन् ।

केन्द्रीय समिति बैठकपछि विहीबार पत्रकारहरूसँग कुरा गर्दै थापाले पार्टीलाई समयमै निर्णय गर्न नसक्ने प्रवृत्तिले झन् जटिलता सिर्जना गरेको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनअघि नै पार्टीले नयाँ, चुस्त र कार्यक्षम नेतृत्व पाउनुपर्नेमा जोड दिए ।

उनले भने, “म्याद थप्ने बाटो छैन। विधानले विशेष परिस्थितिमा मात्र तोकिएको समयभन्दा बढी म्याद दिन सकिन्छ भने पनि अहिले त्यो परिस्थितिको परिभाषाभित्र हामी पर्दैनौँ । त्यसैले अहिलेको कार्यसमितिको म्याद स्वतः सकिन्छ, विकल्प भनेको विशेष महाधिवेशन नै हो ।”

महामन्त्री थापाका अनुसार आफूले प्रारम्भिक रूपमा नियमित महाधिवेशन समयमै गर्न सकिन्छ भनेरै कार्यतालिका पेस गरे पनि पार्टीभित्रकै केही नेताहरूले विभिन्न प्राविधिक र व्यवस्थापकीय कारण देखाउँदै नियमित महाधिवेशन असम्भव रहेको धारणा राखेपछि विशेष महाधिवेशनको बाटो सहमतिमै अगाडि बढिरहेको छ ।

उनले मंसिर २७ वा २८ गतेमध्ये उपयुक्त मितिमा विशेष महाधिवेशन बोलाउन सकिने जानकारी दिए । थापाका अनुसार, वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले समयमै नेतृत्व परिवर्तन नगर्ने हो भने पार्टीको आन्तरिक एकता कमजोर हुने, कार्यकर्तामाझ निराशा बढ्ने र आगामी आमनिर्वाचनमा पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चुनौती देखिएको छ ।

थापाले केही नेताहरूले आगामी फागुन २१ को उपनिर्वाचनअघि नियमित वा विशेष महाधिवेशन केही पनि नगर्ने अडान लिएको जानकारी दिँदै त्यस्तो प्रस्ताव आफूहरूका लागि स्वीकार्य नहुने बताए । उनका अनुसार, वर्तमान नेतृत्व संरचनाको म्याद नै सकिन लागेको अवस्थामा महाधिवेशन नगरिने निर्णय पार्टीको विधानविपरीत मात्र होइन, राजनीतिक रूपमा पनि गैरजिम्मेवार कदम हुने चेतावनी दिए ।

कांग्रेस संस्थापनइत्तर समूहका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन वरिष्ठ नेतृत्वलाई औपचारिक हस्ताक्षर बुझाइसकेका छन् । यो हस्ताक्षर अभियानलाई पार्टीभित्र ‘संगठन सुधार अभियान’ का रूपमा लिइएको छ ।

तर संस्थापन समूह भने आगामी उपनिर्वाचनपछि मात्र पार्टीले संरचनागत बैठक गर्ने पक्षमा छ । उनीहरू महाधिवेशन अघि बढाउने कुरा अबको राजनीतिक तयारीलाई अव्यवस्थित बनाउने अडानमा छन् । 

थापाले पार्टी कार्यकर्तामाझ नेतृत्व परिवर्तनको चाहना तीव्र रूपमा व्यक्त भइरहेकाले विशेष महाधिवेशन पार्टीको पुनर्जागरणप्रति पहिलो ठूलो कदम हुने स्पष्ट पारेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: