काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको असम्झदारी, नेतृत्वप्रति बढ्दो अविश्वास र संगठनात्मक निस्तेजतालाई अन्त्य गर्ने एकमात्र उपाय ‘विशेष महाधिवेशन’ नै रहेको स्पष्ट पार्दै अब नयाँ नेतृत्व चयनबाट मात्र कांग्रेसले आफ्नो विश्वसनीयता फर्काउन सक्ने बताएका छन् ।
केन्द्रीय समिति बैठकपछि विहीबार पत्रकारहरूसँग कुरा गर्दै थापाले पार्टीलाई समयमै निर्णय गर्न नसक्ने प्रवृत्तिले झन् जटिलता सिर्जना गरेको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनअघि नै पार्टीले नयाँ, चुस्त र कार्यक्षम नेतृत्व पाउनुपर्नेमा जोड दिए ।
उनले भने, “म्याद थप्ने बाटो छैन। विधानले विशेष परिस्थितिमा मात्र तोकिएको समयभन्दा बढी म्याद दिन सकिन्छ भने पनि अहिले त्यो परिस्थितिको परिभाषाभित्र हामी पर्दैनौँ । त्यसैले अहिलेको कार्यसमितिको म्याद स्वतः सकिन्छ, विकल्प भनेको विशेष महाधिवेशन नै हो ।”
महामन्त्री थापाका अनुसार आफूले प्रारम्भिक रूपमा नियमित महाधिवेशन समयमै गर्न सकिन्छ भनेरै कार्यतालिका पेस गरे पनि पार्टीभित्रकै केही नेताहरूले विभिन्न प्राविधिक र व्यवस्थापकीय कारण देखाउँदै नियमित महाधिवेशन असम्भव रहेको धारणा राखेपछि विशेष महाधिवेशनको बाटो सहमतिमै अगाडि बढिरहेको छ ।
उनले मंसिर २७ वा २८ गतेमध्ये उपयुक्त मितिमा विशेष महाधिवेशन बोलाउन सकिने जानकारी दिए । थापाका अनुसार, वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले समयमै नेतृत्व परिवर्तन नगर्ने हो भने पार्टीको आन्तरिक एकता कमजोर हुने, कार्यकर्तामाझ निराशा बढ्ने र आगामी आमनिर्वाचनमा पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चुनौती देखिएको छ ।
थापाले केही नेताहरूले आगामी फागुन २१ को उपनिर्वाचनअघि नियमित वा विशेष महाधिवेशन केही पनि नगर्ने अडान लिएको जानकारी दिँदै त्यस्तो प्रस्ताव आफूहरूका लागि स्वीकार्य नहुने बताए । उनका अनुसार, वर्तमान नेतृत्व संरचनाको म्याद नै सकिन लागेको अवस्थामा महाधिवेशन नगरिने निर्णय पार्टीको विधानविपरीत मात्र होइन, राजनीतिक रूपमा पनि गैरजिम्मेवार कदम हुने चेतावनी दिए ।
कांग्रेस संस्थापनइत्तर समूहका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन वरिष्ठ नेतृत्वलाई औपचारिक हस्ताक्षर बुझाइसकेका छन् । यो हस्ताक्षर अभियानलाई पार्टीभित्र ‘संगठन सुधार अभियान’ का रूपमा लिइएको छ ।
तर संस्थापन समूह भने आगामी उपनिर्वाचनपछि मात्र पार्टीले संरचनागत बैठक गर्ने पक्षमा छ । उनीहरू महाधिवेशन अघि बढाउने कुरा अबको राजनीतिक तयारीलाई अव्यवस्थित बनाउने अडानमा छन् ।
थापाले पार्टी कार्यकर्तामाझ नेतृत्व परिवर्तनको चाहना तीव्र रूपमा व्यक्त भइरहेकाले विशेष महाधिवेशन पार्टीको पुनर्जागरणप्रति पहिलो ठूलो कदम हुने स्पष्ट पारेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: