Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

नाइजेरियामा सामूहिक विद्यालय अपहरण : पीडित सङ्ख्या ३१५ पुगेको इसाई समूहको दाबी

खबरडबली संवाददाता

लागोस । अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालसालै विद्यालयलाई लक्षित गरी भइरहेका निरन्तर अपहरण घटनाले सुरक्षा जोखिम झनै गम्भीर बन्दै गएको छ । 

गत एक हप्तामा दोस्रो पटक सामूहिक विद्यालय अपहरण भएको प्रकरणमा कुल ३१५ जना विद्यार्थी तथा शिक्षक अपहरणमा परेको तथ्याङ्क पुष्टि भएको नाइजेरियाको क्रिश्चियन एसोसिएसनले शनिबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

मध्य नाइजेरियाको नाइजर राज्यस्थित सेन्ट मेरी स्कूलमा शुक्रबार बिहानै सशस्त्र बन्दुकधारीको समूह छिरेर ठूलो सङ्ख्यामा विद्यार्थी तथा शिक्षकलाई अपहरण गरेको बताइन्छ । यसअघि छिमेकी केब्बी राज्यको एक माध्यमिक विद्यालयमा पनि यिनै समूहले आक्रमण गरी २५ जना बालिकालाई अपहरण गरेका थिए ।

क्रिश्चियन एसोसिएसनका अनुसार ‘प्रमाणीकरण अभ्यास सम्पन्न भएपछि’ नयाँ विवरण सार्वजनिक गरिएको हो, जसअनुसार ‘अपहरण गरिएका पीडितको कुल सङ्ख्या अहिले ३०३ विद्यार्थी र १२ शिक्षक गरी ३१५ पुगेको’ उल्लेख छ । विद्यालयमा भर्ना भएका ६२९ विद्यार्थीमध्ये करिब आधा अपहरणमा परेका हुन्, जसले अभिभावक र स्थानीय समुदायलाई त्रसित पारेको छ ।

क्षेत्रीय असुरक्षा बढेपछि कात्सिना र पठार राज्यका अधिकारीहरूले सबै विद्यालय अस्थायीरूपमा बन्द गर्न आदेश दिएका छन् । नाइजर राज्य सरकारले समेत धेरै विद्यालय बन्द गर्दै कडा सुरक्षा सतर्कता अपनाएको छ । यता, राष्ट्रिय सङ्कट गहिरिँदै गएपछि राष्ट्रपति बोला टिनुबुले जोहानेसबर्गमा हुँदै गरेको जी-२० शिखर सम्मेलनसहित अन्तर्राष्ट्रिय कार्यक्रम रद्द गरी देशभित्रै बस्ने निर्णय गरेका छन् ।

नाइजेरियामा इसाई समुदायमाथि निशाना बनाइएका हिंसात्मक घटनामा पनि वृद्धि भएको स्थानीय समूहले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा कट्टरपन्थी इस्लामवादीद्वारा इसाईको हत्या भइरहेको दाबी गर्दै सैन्य हस्तक्षेपको चेतावनी दिएको केही दिनमै देशको पश्चिमी क्षेत्रमा दुई वटा चर्चमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको र समान समयमा दुई नयाँ अपहरण अभियान भएको रिपोर्ट प्राप्त भएको छ ।

नाइजेरियामा विद्यालय लक्षित अपहरणको इतिहास झनै पीडादायी छ । करिब एक दशकअघि उत्तरी बोर्नो राज्यको चिबोकमा बोको हराम जिहादीले करिब ३०० बालिकालाई अपहरण गरेको घटना आज पनि नाइजेरियाली जनमानसमा गहिरो घाउका रूपमा रहेको छ । तीमध्ये केही बालिका अझैसम्म पनि हराइरहेका छन्, जसले वर्तमान घटनालाई झनै भयावह बनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE