काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर आएका सन्तोष परियारबीचको एकतापछि बनेको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ आज औपचारिक रूपमा घोषणा हुँदैछ।
परियारका अनुसार निर्वाचन आयोगले तोकेको समयभित्र दर्ता प्रक्रिया पूरा भएको यो नयाँ पार्टीको घोषणा कार्यक्रम आज बिहान ११ बजे काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ।
यसअघि कात्तिक २८ गते नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच एकता सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
‘आज पार्टी घोषणा कार्यक्रम मेरो अध्यक्षतामा हुनेछ,’ परियारले भने, ‘अहिले नेतृत्वबारे केही कुरा खुला राखेका छौँ, बाँकी निर्णय पछि गर्दै जानेछौँ।’
नेतृत्व संरचनाबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘हामी सामूहिक र समावेशी नेतृत्वको सिद्धान्त अपनाउँछौँ। क्लस्टरअनुसार अध्यक्ष परिषद् रहनेछ। आज म, सुदन किराँती, दुर्गा सोबललगायत केही व्यक्तिको अध्यक्ष परिषद् घोषणा हुनेछ। बाँकी सदस्य टुंगो लगाउने काम अझै बाँकी छ।’
याद रहोस्, कात्तिक १९ गते माओवादी केन्द्रसहित १० वाम घटक मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा भएपछि प्रचण्डबाट अलग हुँदै जनार्दन शर्माले ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका थिए। त्यस्तै, रास्वपाले समाजको विशिष्ट बनावट र चरित्रअनुरूपको पार्टी निर्माण गर्न नसकेको भन्दै सन्तोष परियारले कात्तिक २८ गते सो पार्टी परित्याग गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...
चैत्र २४ गते, २०८२ - ०८:४६
सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...
चैत्र २४ गते, २०८२ - ०८:४३
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...
चैत्र २४ गते, २०८२ - ०८:३८
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...
चैत्र २४ गते, २०८२ - ०७:४८
एमालेसँगको सम्भावित एकताबारे पनि छलफल
चैत्र २४ गते, २०८२ - ०७:३२
काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...


प्रतिकृया लेख्नुहोस्: