मनाङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा हाल पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। वर्षायाम सकिएर मौसम खुलेसँगै मनाङ पुग्ने विदेशी पर्यटकको दैनिक संख्या तीव्र गतिमा बढेपछि स्थानीय होटल व्यवसाय, यातायात तथा अन्य व्यापार–व्यवसायमा उत्साहजनक गतिविधि देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) मनाङका अनुसार यो सिजन मनाङ पर्यटनका दृष्टिले अत्यन्त सफल मानिएको छ।
अन्नपूर्ण पदमार्ग हुँदै मनाङ प्रवेश गर्ने साउनदेखि कात्तिकसम्मको समय यहाँको मुख्य पर्यटन मौसम हो। विश्वकै चर्चित ट्रेकिङ मार्गमध्ये पर्ने मनाङ क्षेत्रमा यो मौसममा विदेशी पर्यटकको आकर्षण वर्षेनि उच्च रहने गरेको छ। यस वर्ष पनि आगमन दर बढ्दै गएको देखिन्छ।
एक्याप मनाङको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको चार महिनामा मनाङ पुगेका कुल विदेशी पर्यटकको संख्या १६ हजार २९६ पुगेको छ। तीमध्ये सार्क देशका ८१२ पुरुष र १७७ महिला पर्यटक रहेका छन्। अन्य मुलुकका पर्यटकमा ९ हजार ६९१ पुरुष, ६ हजार ६०१ महिला र ४ अन्य लिङ्ग का पर्यटक मनाङ आए।
एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार यस अवधिमा १०७ विभिन्न देशका नागरिक मनाङ पुगेका छन्। आगमन संख्याका आधारमा यस वर्ष पनि इजरायल, फ्रान्स र जर्मनी शीर्ष तीन स्रोत मुलुक बने। इजरायलका १,९१०, फ्रान्सका १,३९२ र जर्मनीका १,२०८ पर्यटक मनाङ पुगेका छन्, जसले युरोपेली तथा मध्यपूर्वी पर्यटकको मनाङप्रतिको आकर्षण अझ पक्का गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: