मनाङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा हाल पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। वर्षायाम सकिएर मौसम खुलेसँगै मनाङ पुग्ने विदेशी पर्यटकको दैनिक संख्या तीव्र गतिमा बढेपछि स्थानीय होटल व्यवसाय, यातायात तथा अन्य व्यापार–व्यवसायमा उत्साहजनक गतिविधि देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) मनाङका अनुसार यो सिजन मनाङ पर्यटनका दृष्टिले अत्यन्त सफल मानिएको छ।
अन्नपूर्ण पदमार्ग हुँदै मनाङ प्रवेश गर्ने साउनदेखि कात्तिकसम्मको समय यहाँको मुख्य पर्यटन मौसम हो। विश्वकै चर्चित ट्रेकिङ मार्गमध्ये पर्ने मनाङ क्षेत्रमा यो मौसममा विदेशी पर्यटकको आकर्षण वर्षेनि उच्च रहने गरेको छ। यस वर्ष पनि आगमन दर बढ्दै गएको देखिन्छ।
एक्याप मनाङको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको चार महिनामा मनाङ पुगेका कुल विदेशी पर्यटकको संख्या १६ हजार २९६ पुगेको छ। तीमध्ये सार्क देशका ८१२ पुरुष र १७७ महिला पर्यटक रहेका छन्। अन्य मुलुकका पर्यटकमा ९ हजार ६९१ पुरुष, ६ हजार ६०१ महिला र ४ अन्य लिङ्ग का पर्यटक मनाङ आए।
एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार यस अवधिमा १०७ विभिन्न देशका नागरिक मनाङ पुगेका छन्। आगमन संख्याका आधारमा यस वर्ष पनि इजरायल, फ्रान्स र जर्मनी शीर्ष तीन स्रोत मुलुक बने। इजरायलका १,९१०, फ्रान्सका १,३९२ र जर्मनीका १,२०८ पर्यटक मनाङ पुगेका छन्, जसले युरोपेली तथा मध्यपूर्वी पर्यटकको मनाङप्रतिको आकर्षण अझ पक्का गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...
मंसिर २८ गते, २०८२ - १०:२६
काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...




प्रतिकृया लेख्नुहोस्: