Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

करिब पाँच महिनादेखि केरुङ नाका ठप्प– न आए सामान न त उठ्यो राजस्व

खबरडबली संवाददाता

काठमाडौं । नेपाल र चीनबिचको प्रमुख व्यापारिक नाका केरुङ करिब पाँच महिनादेखि ठप्प छ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरुङ नाका पूर्ण रूपमा बन्द भएको हो ।

बाढीका कारण  नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन् ।

नाका ठप्प हुँदा व्यवसायीहरू मारमा परेका छन् । नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरू  बाढीपछि चीनतर्फ नै अड्किएका कारण ढुवानी सञ्चालन हुन सकेको छैन । जसका कारण व्यवसायीहरूले आर्थिक संकट झेली रहनु परेको छ ।

यसरी नाका क्षेत्र महिनौँदेखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न समेत सकेको छैन । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य थियो । तर, झन्डै १४ अर्ब राजस्व गुम्न पुगेको छ।

काठमाडौंबाट करिब १३२ किमीको दुरीमा पर्ने यो नाका राजस्व संकलनको हिसाबले देशको पाँचौँ ठूलो भन्सार कार्यालयको रूपमा रहेको थियो । उत्तरी छिमेकी चीनतर्फको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकसित हुँदै गएको यो नाका अहिले ठप्प छ ।

चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपाल तर्फ अवरोध भयका सडकहरू खुली सकेको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

कांग्रेसले कैलाली–५ बाट चार उम्मेदवार सिफारिस, आरजु राणा देउवा अग्रस्थानमा

धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...

भिमाद नगरपालिकाद्वारा दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान

तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...

हायात रिजेन्सी बन्द अवधिमा पनि कर्मचारीलाई न्यूनतम तलब दिने सहमति

काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...

काठमाडौंमा चिसो बढ्यो, तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...

कांग्रेसले उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्र गर्न मातहतलाई निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...

नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रणमा

मकवानपुर  । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...

पूर्वमुख्यमन्त्रीका सहोदर भाइ महावीर चौधरी हत्या आरोपमा पक्राउ

धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending