काठमाडौँ । निजी तथा आवासीय विद्यालयहरूले विद्यालय परिसरभित्र नेपाली भाषा प्रयोग गर्नेलाई सजाय दिने, अपमान गर्ने वा मानसिक दबाब सिर्जना गर्ने गतिविधि तत्काल रोक्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
कानुनका विद्यार्थी आयुष बडालसहितले दायर गरेको रिटमा न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले आइतबार शिक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्याब्सन तथा काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाउँदै यस्तो आदेश दिएको हो।
इजलासले विद्यालय परिसरभित्र अनिवार्य अङ्ग्रेजी बोल्नुपर्ने व्यवस्था हटाउन, नेपाली भाषा बोल्दा दण्ड–सजाय, जरिवाना, अपमान वा मानसिक तनाव दिने कार्य कुनै पनि हालतमा नगर्न निर्देशन दिएको छ। साथै प्याब्सनले यदि नेपाली भाषा प्रयोग गरे वापत सजाय दिने गरी कुनै सर्कुलर जारी गरेको छ भने त्यस्तो निर्देशन तत्काल कार्यान्वयन नगर्न भनिएको छ।
बडालले दायर गरेको रिटमा निजी विद्यालयहरूले शैक्षिक ज्ञान आदानप्रदानका लागि अङ्ग्रेजी भाषालाई मात्र माध्यम बनाउँदै विद्यार्थीमाथि अत्यधिक दबाब सिर्जना गरेको, नेपाली भाषा प्रयोगमा रोक लगाएको तथा बोल्दा समेत जरिवाना र अपमानजनक व्यवहार गर्ने आरोप उल्लेख थियो।
सर्वोच्चको परमादेशसँगै अब निजी तथा आवासीय विद्यालयहरूले विद्यालय परिसरभित्र नेपाली भाषा प्रयोगमा रोक लगाउने वा दबाब दिने कुनै कार्य गर्न नपाउने भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...
मंसिर २६ गते, २०८२ - ११:५६
धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...
मंसिर २६ गते, २०८२ - ११:५१
तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...
मंसिर २६ गते, २०८२ - ११:३०
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...
मंसिर २६ गते, २०८२ - ११:२७
मकवानपुर । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...
मंसिर २६ गते, २०८२ - १०:५८
धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...




प्रतिकृया लेख्नुहोस्: