धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले २३–२४ भदौमा राष्ट्र संकटका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टरबाट भागेको घटनालाई जनताले अस्वीकार गर्ने बताएका छन्।
रावलले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आगामी १३ मंसिरमा हुने एकता सन्देश सभा बारे जानकारी दिँदै, संकटको समयमा ओली र सत्तारुढ गठबन्धन नेपाली कांग्रेसले कुनै भूमिका नखेलेको भन्दै आक्रोश व्यक्त गरे।
उनले भने, “गठबन्धन सरकारका प्रधानमन्त्रीले बारम्बार आफू शक्तिशाली रहेको दावी गर्थे, तर २३–२४ भदौको अकल्पनीय घटनामा न त त्यसले उपस्थिति देखायो न त राष्ट्रका व्यवस्थापिका, कार्यपालिका र प्रशासनको संरक्षण गर्न सके। उल्टो, ओलीले राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिको बैठक नगरी आफ्नो ज्यान बचाउन सेनाको हेलिकोप्टरबाट भागेका छन्।”
रावलले नेपाली कांग्रेसलाई पनि ओलीको पछाडि लागेर जिम्मेवारी पूरा गर्न असफल भएको दाबी गर्दै भने, “२३–२४ भदौको घटनाको जिम्मेवारी नेकपा एमाले र कांग्रेसको शीर्ष नेतृत्वसँगै सरकारमा रहेका व्यक्तिहरूले लिनुपर्छ। जनताले आम निर्वाचनमार्फत यसका लागि किनारा लगाउनेछन्।”
उनले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने जोड दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: