Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

देशकाे आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउँदै नेपाली कम्युनिस्ट पार्टी अग्रमाेर्चामा अघि बढ्छ: भीम रावल

खबरडबली संवाददाता

कैलाली । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता डा. भीम रावलले जनअधिकारको रक्षा, राष्ट्रिय स्वाधीनता सुदृढीकरण र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउने लक्ष्यसहित पार्टी अग्रमोर्चामा रहेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले मङ्सिर १२ गते हुने सन्देश सभा सम्बन्धी तयारीबारे जानकारी दिंदै देशमा उत्पन्न विषम राजनीतिक तथा आर्थिक सङ्कटबाट बाहिर निस्कन सबै देशभक्त शक्तिहरू एकताबद्ध हुन आवश्यक रहेको बताए । 

उनका अनुसार यही आवश्यकता बोध गर्दै विभिन्न विचारधारात्मक धारहरू एउटै मोर्चामा आउन थालेका छन् । रावलले पार्टी एकीकरणको सन्देश देशव्यापी रूपमा जनसमक्ष पुर्‍याउने उद्देश्यसहित सन्देश सभा आयोजना गर्न लागिएको बताए । “पार्टी एकताको संदेश सुदूरपश्चिमबाट सुरु भएर क्रमशः देशका सबै भूभागमा फैलिनेछ,” उनले भने ।

सन्देश सभाको समग्र व्यवस्थापनका लागि डा. रावलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको र समितिले सभाका लागि आवश्यक सबै तयारी तीव्र गतिमा अघि बढाएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

प्रदेशस्तरीय एकता सन्देश सभा सम्पन्न भएपछि मङ्सिर महिनाभित्रै सुदूरपश्चिमका सबै जिल्ला, पालिका र वडास्तरमा समेत सन्देश कार्यक्रमको श्रृंखला सञ्चालन गर्ने योजना रहेको समेत पार्टीले जनाएको छ ।

सन्देश सभामार्फत पार्टीले जनस्तरमा संगठन विस्तारसँगै एकताको राजनैतिक धारणा स्पष्ट रूपमा प्रवाह गर्ने र आगामी राजनीतिक यात्राको दिशाबारे व्यापक छलफल गर्ने तयारी रहेको पनि नेताहरूले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: