इलाम। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशन अब पनि नियमितरूपमा सम्पन्न गर्न सकिने बताएको छन् ।
इलाम सदरमुकाममा जेनजी प्रदर्शनका क्रममा आगजनी गरी क्षति पुर्याइएका कांग्रेस जिल्ला कार्यालयको अवलोकनपछि पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले महाधिवेशन सम्बन्धी दुईवटा स्पष्ट विकल्प रहेको उल्लेख गर्नुभयो।
महामन्त्री शर्माले भने, “समय घर्किँदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ। तपाईं साथीहरूको जिज्ञासामा म प्रष्ट छु—सबै एैक्यबद्ध भएर जुटौँ, महाधिवेशन सम्भव छ।”
उहाँका अनुसार पार्टीले अविलम्ब कार्यतालिका बनाएर पुस अन्तिम सातासम्म नियमित महाधिवेशन गर्ने पहिलो विकल्प रहेको छ। उहाँले बताउनुभयो, “पहिलो विकल्प के हो भने—पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने। तयारीक्रममा केही दिन समय नपुग्ने अवस्था देखिएमा थप १५ दिन लिएर महाधिवेशन सम्पन्न गर्न सकिन्छ।”
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सूची बुझाउने समयसीमा तथा फागुन २१ गतेका लागि तोकिएको निर्वाचन मितिबारे पनि वातावरणअनुसार केही समायोजन हुन सक्ने उनको भनाइ छ।
उनले भने, “शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रमा मौसमी प्रतिकूलता भएका कारण, राजनीतिक सहमतिको आधारमा केही पछि सारेर समाधान खोज्नु उत्तम हुन्छ।”
महामन्त्री शर्माले दोस्रो विकल्पबारे पनि स्पष्ट टिप्पणी गर्नुभयो। उनले भने, “दोस्रो विकल्प—पार्टीका आदरणीय सभापति शेरबहादुर देउवाले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर सुवर्ण शमशेर पथ पछ्याउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ। २०१४ सालमा झैँ स्वयं सभापतिले मार्गप्रशस्त गर्ने बाटो अपनाउन सकिन्छ।”
उनका अनुसार सभापतिकै पहलमा निकास खोजिँदा एकातर्फ पार्टीले सहज समाधान पाउने र अर्कोतर्फ सभापतिको नेतृत्व भूमिकाले थप सम्मान पाउनेछ।
उनले थप भने, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि बढ्न सक्दैन। त्यसपछि २०८२ मङ्सिर मसान्तमा विशेष महाधिवेशन र २०८३ मङ्सिरमा नियमित महाधिवेशन गर्न सकिनेछ।”
इलाममा जारी पार्टी कार्यालय पुनर्निर्माणको अवस्थाबारे प्रत्यक्ष अवलोकनपछि महामन्त्री शर्माले स्थानीय कार्यकर्ताहरूलाई शान्त, संयमित र संगठनमुखी बन्न पनि आग्रह गरे। उनको भनाइमा, पार्टीभित्रका सबै मत, धारणा र असन्तुष्टिको समाधान सङ्गठनभित्रकै लोकतान्त्रिक प्रक्रियाबाट खोजिनु आवश्यक छ।
महामन्त्री शर्माको यो अभिव्यक्ति पार्टीभित्र महाधिवेशनको समय, प्रक्रियागत जटिलता तथा नेतृत्वको भूमिकाबारे बढ्दो बहसका बीच आएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: