Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

एनपिएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित

खबरडबली संवाददाता

काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन र बलरहरूको प्रभावकारी खेलका कारण साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको  छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्‍यो । 

जितसँगै सुदूरपश्चिमले तीन खेलबाट ६ अंक जोडेर जारी लिगमा अपराजित दोस्रो टोलीको रूपमा उभिएको छ । विराटनगर किङ्सले पनि लगातार तीन खेल जित्दै ६ अंक बनाएको छ । तीन खेलमा दोस्रो हार व्यहोरेको कर्णाली याक्सले भने २ अंकमा सीमित रह्यो ।

एक सय ४० रनको लक्ष्य पछ्याने क्रममा कर्णालीले २० ओभरमै सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन योगदान गरे । मार्क वार्टले १७, कप्तान सोमपाल कामीले १४ तथा गुलशन झा र अर्जुन घर्तीले समान १३–१३ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी सर्वाधिक सफल रहे । उनले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । हर्मित सिंह र अविनाश बोहराले २–२ विकेट हात पारे भने हेमन्त धामी र स्कट कुगेलेइजनले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । कप्तान ऐरीले २८ बलमा १ चौका र २ छक्कासहित ३९ रन बनाए । आरिफ शेखले २५ बलमा ३ चौकासहित २७ रन, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुगेलेइजनले १० रन जोडे ।

कर्णालीतर्फ बलिङमा कप्तान सोमपाल कामीले ३ विकेट लिए । नन्दन यादवले २ तथा मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट हात पारे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: