Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

सातामा दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले हाललाई दुई दिने बिदा हटाउनेबारे कुनै गृहकार्य नभएको बताएकी हुन्।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट राष्ट्रिय सभामा जवाफ दिँदै मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास तथा मुलुकको आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था लागू गरिएको बताइन्।

बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले दुई दिने बिदाको व्यवस्था ‘असफल विधि’ भएको टिप्पणी गर्दै शिक्षा, व्यापार तथा सरकारी सेवामा यसको नकारात्मक असर परेको दाबी गरेका थिए। उनले दुई दिने बिदा खारेज गरी पुन: सातामा एक दिन मात्र सार्वजनिक बिदा दिने व्यवस्था कायम गर्न सरकारसँग माग गरेका थिए।

जवाफमा मन्त्री गौतमले तत्कालीन समयमा इन्धन आपूर्तिमा देखिएको असहजतालाई सम्बोधन गर्दै इन्धन खपत घटाउने तथा सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउने उद्देश्यले २०८२ चैत २३ गतेदेखि दुई दिने बिदा कार्यान्वयनमा ल्याइएको स्मरण गराइन्।

उनका अनुसार कर्मचारीको कार्य–जीवन सन्तुलन, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता र आन्तरिक पर्यटन प्रवर्द्धनका दृष्टिले यो व्यवस्था प्रभावकारी देखिएको छ।

मन्त्री गौतमले बिहान ९ बजेदेखि सरकारी कार्यालय सञ्चालन गर्ने प्रावधानले सेवाग्राहीलाई समेत सहज भएको दाबी गरिन्। यसले कर्मचारीको मनोबल र कार्यक्षमतामा पनि सकारात्मक प्रभाव पारेको उनको भनाइ छ।

सरकारले विशेषगरी आन्तरिक पर्यटनमा वृद्धि भएको र त्यसबाट स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुगेको दाबी गरेको छ।

तर, सांसदहरूले दुई दिने बिदाका कारण विद्यालयको पाठ्यक्रम पूरा गर्न कठिनाइ हुने, विद्यार्थीमा असुरक्षा बढ्न सक्ने तथा सरकारी सेवामा सुस्तता आउन सक्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

पूरक प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विद्यार्थीको विकासलाई विद्यालयभित्रको शिक्षासँग मात्र सीमित गर्न नहुने बताइन्। सामाजिक घुलमिल, सिर्जनशीलता तथा खेलकुद पनि विद्यार्थीको चौतर्फी विकासका लागि उत्तिकै आवश्यक रहेको उनको भनाइ थियो।

‘हाललाई यो व्यवस्था परिवर्तन गर्ने सम्बन्धमा कुनै गृहकार्य भएको छैन,’ मन्त्री गौतमले भनिन्, ‘यद्यपि प्राप्त सुझावहरूलाई सरकारले अध्ययनको विषय बनाउनेछ।’

सरकारको पछिल्लो जवाफसँगै तत्कालका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कायमै रहने भएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनदेवीबाट देउवाको चेतावनी: यीनीहरूलाई भोलिदेखि हामीले देखाउँछौं, राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...

सातामा दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...

रोल्पामा पहिरोको कहर : मृतकको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...

प्रहरी कार्यालय र हिरासत कक्षमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

प्रहरी कार्यालय र हिरासतमा सीसीटीभी अनिवार्य गर्न सर्वोच्चमा रिट

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

प्रहरी कार्यालय र हिरासतमा सीसीटीभी अनिवार्य गर्न सर्वोच्चमा रिट

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

देउवालाई स्वागत गर्दै कांग्रेस बैठक सुरु, गगनले दिए स्वास्थ्यलाभको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। लामो समय उपचारका लागि विद...

पत्रकार किशोर श्रेष्ठलाई आज अदालत लगिँदै

काठमाडौं । प्रहरी हिरासतमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ। जिल्ला प्र...

कांग्रेस नीति प्रतिष्ठानको सातौँ बैठक: उद्यमशीलता प्रवर्धन र समुदाय पहुँच उपसमिति गठन

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते पार्टी केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्...

नेपाल फकिएलगतै देउवाको आह्वान : प्रतिशोध होइन, मेलमिलाप र राष्ट्रिय एकताको बाटो रोजौं

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा बढ्दै गएको विभाजन, असहमति र विद्वेष अन्त्य गर्दै राष्ट्रिय ए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending