Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

कालीकोटकाे नरहरीनाथ गाउँपालिकामा इन्धन खर्चको मनोमानी: ४० लाख खर्च सार्वजनिक

खबरडबली संवाददाता

कालीकोट । स्थानीय तहमा सुशासनको प्रत्याभूती नहुने अवस्था कायम रहेको पाइन्छ। खरिद प्रक्रिया र हरेक भुक्तानी प्रायः व्यक्तिगत निर्णय र मनोमानी भरमा हुने गरेको तथ्य सार्वजनिक भएको छ।

नरहरीनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा इन्धनमा झण्डै ४० लाख रुपियाँ खर्च गरेको खुलेको छ। गाउँपालिकासँग आफ्नै सवारीसाधन हुँदा पनि करिब १७ लाख रुपियाँ गाडी भाडा मात्र भुक्तानी गरिएको छ। यसरी, गाडी भाडासँगै इन्धन खर्च मिलाएर गाउँपालिकाले एक वर्षमा ५६ लाख ६२ हजार ८०५ रुपियाँ खर्च गरेको छ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार, यी सबै खर्च विकासको लागि छुट्याइएको बजेटबाट भएको हो। प्रतिवेदनमा सार्वजनिक खरिद ऐन र स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरित खर्च गरिएको भन्दै सुधार आवश्यक रहेको उल्लेख छ।

गाउँपालिकाले विविध शीर्षकमा ३५ लाख ८ हजार ८६७ रुपियाँ खर्च गरेको देखिएको छ। गत वर्षको बाँकी ११ लाख ५० हजार र चालु आर्थिक वर्षको २३ लाख ५८ हजार ८६७ सहित, इन्धन, गाडी भाडा र विविध खर्च गरेर एक वर्षमा कुल ९१ लाख ७१ हजार ६७२ रुपियाँ अनउत्पादन क्षेत्रमा खर्च भएको छ।

स्थानीयहरूले विकास बजेटको यस्तो प्रयोग अस्वीकृत गरेका छन्। उनका अनुसार, जनप्रतिनिधिहरू आफ्नै स्वार्थपूर्तिका लागि निर्देशन दिँदै, कर्मचारीहरूले त्यसैमा टिकेर अनउत्पादन क्षेत्रमा खर्च गर्ने प्रवृत्ति देखिएको छ।

नरहरीनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण राना मगरले भने, “विविध खर्चमा अतिथि सत्कार, खानपान लगायतको खर्च समावेश हुन्छ। हामी भर्खर आएको भएकाले रिपोर्ट हेरेर आवश्यक सुधार गर्नेछौं।”

कर्मचारीहरूले समेत जनप्रतिनिधिहरूको इन्धन मोह बढेको बताएका छन्। उनीहरूका अनुसार, “कसैसँग केही भन्यो भने द्वेष बढ्ने भएकाले कर्मचारीहरू नियमविपरीत बिल बनाउने काम बढिरहेको छ।”

गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष प्रदिप बोहोरा भने, “खर्चमा मितव्ययी हुनुपर्ने भए पनि सबै निर्णय हाम्रो हातमा छैन। नियमविपरीतको बिल भए त्यसलाई रोक्न सक्नु पर्छ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending