निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं”: गृहमन्त्री अर्याल
काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्।
लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै उनले भने, “सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न हामी आतुर छौं।”
अर्यालले मुलुकको सुरक्षा अवस्था सामान्य बनाउन सरकार सफल भएको उल्लेख गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने आश्वासन दिएका छन्।
जेनजी आन्दोलनपश्चातको विषम परिस्थितिमा सरकारले सुरक्षाको अवस्था सामान्य बनाउन सफलता हासिल गरेको उनले बताए। उनले भने, “अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ। अब निर्वाधारित समयमै निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने छ।”
गृहमन्त्री अर्यालले वर्तमान सरकारले सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा आफूसँग रहेको बताए। उनले थपे, “विभिन्न बहाना देखाएर चुनाव नहुने वा गर्न सकिँदैन भन्ने कुरा कतै कतै सुनिएका छन्। सार्वजनिक खपतका लागि उठाइएका यस्ता विषयहरूमा सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिइरहेको छ।”
उनले वर्तमान सरकार कसैको निगाहमा नभएको र व्यक्तिगत इच्छाले नबनेको स्पष्ट पारे। “देशको विशिष्ट परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको कारण मात्र सरकारमा आएका हौं। प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर हाँसिल गर्ने दिशामा सरकार अग्रसर छ,” उनले भने।
अर्यालले सुशासनको आधार बलियो बनाउने, भविष्यमा बिगार्न नसक्ने वातावरण तयार गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने लक्ष्यमा रहेको बताए।
गोष्टिमा उनले भयरहित, निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सुरक्षा चुनौतीको विश्लेषण र आवश्यक रणनीति तय गरिने उल्लेख गरे। सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधिमा र निर्वाचनपश्चात् समेत प्रदेश सरकारको सक्रियता सुनिश्चित गर्ने संयन्त्रहरू बनाएको उनले बताए।
गोष्टिमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी लगायतका सुरक्षा निकायका उच्च अधिकारीहरू उपस्थित थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: