Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

लैङ्गिक हिंसा अन्त्यमा प्रविधि र व्यवहार परिवर्तन महत्त्वपूर्ण : प्रधानमन्त्री कार्की

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैङ्गिक हिंसा अन्त्यका लागि अत्यावश्यक पूर्वसर्त रहेको बताएकी छन् ।

‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आज यहाँ उद्घाटन गर्दै उनी कुनै पनि नाममा हुने हिंसाले कसैको हित नगर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले महिलामाथि बढी देखिने लैङ्गिक हिंसाबाट पुरुषसमेत प्रताडित हुने सामाजिक यथार्थलाई बुझ्नुपर्ने आवश्यकता औँल्याइन् । प्रविधिको प्रयोगले सचेतना बिस्तार, सूचनामा पहुँच र प्रतिवेदन प्रणाली सुदृढ बनाउन सक्ने भएकाले यस वर्षको नाराले सान्दर्भिकता बोकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले कुनै पनि धर्म, संस्कृति वा परम्पराले महिलामाथि हिंसा गर्न समर्थन नदिने स्पष्ट पार्दै संविधान तथा कानुनी संरचनाले पनि महिलालाई समान अधिकार प्रदान गरे पनि व्यवहारिक कार्यान्वयनमा चुनौती रहेको बताइन् ।

महिलाको निर्णायक तहमा प्रतिनिधित्व बढाउनुपर्ने र त्यसका लागि निर्वाचनमा महिलाको सम्भावित सहभागिता बढाउन दलहरूले महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो । यसैगरी हिंसाले महिलाको जीवनमा मानसिकलगायत बहुआयामिक चोट पुर्‍याउने भएकाले पीडितको संरक्षण, राहत र पुनःस्थापना राज्यको प्राथमिकतामा रहने कुरा उनले बताइन् ।

“सोह्र दिने अभियानले हरेक वर्ष दृश्यात्मक परिवर्तन ल्याउनुपर्छ, कानुनी आधारहरू पर्याप्त छन्, कार्यान्वयन नै मुख्य हो । यसमा सबै लाग्नुपर्छ”, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले प्रविधिको सही उपयोग, सशक्त कानुनी कार्यान्वयन र सकारात्मक व्यवहार परिवर्तनमार्फत लैङ्गिक हिंसा समाप्तिका लागि सबै पक्षलाई आग्रह गरिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

बर्दियामा लागूऔषधसहित दुईजना पक्राउ

बर्दिया । बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा एक जना नाबालक र अर्का गुलरिया नगरपालि...

एनपिएल: चितवनमाथि पोखराको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा भएक...

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending