Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

जनताकाे सेवक हुन प्रधानमन्त्री बन्नु पर्दैन: प्रचण्ड

खबरडबली संवाददाता

धादिङ । नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकको रूपमा सधै काम गर्ने बताएका छन् । 

उनले बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्थानीय विकास, राष्ट्रिय राजनीति र वर्तमान परिस्थिति र नेपाली कम्युनिष्ट पार्टीकाबारेमा विस्तृत धारणा राखे । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले गरेको काम र जनताप्रतिको सेवा भावबाट आफु प्रभावित भएको बताउँदै प्रचण्डले भने , “सम्बोधनको क्रममा उहाँले आफ्नो भावना व्यक्त गर्नुभयो । म भगवान होइन । तपाईहरुको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हु । तै पनि कृष्ण थपलिया जीले मलाई जुन रुपमा प्रस्तुत गर्नुभयो उहाँको भावना र स्पिरिटलाई म कदर गर्छु र उहाँलाई धन्यवाद भन्न चाहन्छु ।” थपलियाले व्यक्त गरेको सम्मान र भावना प्रति कदर व्यक्त गर्दै उहाँले धन्यवाद दिए । 

समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएपछि संयोजक प्रचण्डले भने- “मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन । प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन । तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन ।” उनले पाण्डेले व्यक्त गरेको भरोसाप्रति आभार व्यक्त गर्दै जनताले चाहने र देशले आवश्यक ठानेमा जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताए । 

सम्बोधनको क्रममा संयोजक प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा आफुले प्रधानमन्त्रीका रुपमा गरेको प्रयास र लगानी जुटाउने कोशिसको स्मरण गरे ।  उनले प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायमै रहने बताउँदै भने, “म जुनसुकै जिम्मेवारीमा रहे पनि यो परियोजना अघि बढाउन म निरन्तर लागि पर्छु ।” प्रधानमन्त्री भएका समयमा सिंहदरबारमा परियोजनाका मोडालिटी र आर्थिक संयोजनबारे तीन पटकभन्दा बढी उच्चस्तरीय बैठक भए पनि इच्छाअनुसार गति दिन नसकिएको उनले बताए । 

गाउँपालिकालाई देशकै एक नम्बरमा स्थान दिलाउन अध्यक्ष थपलियाको नेतृत्व र जनताको साहस प्रशंसनीय रहेको भन्दै प्रचण्डले प्रसंसा गरे । ‘बेनिघाट रोराङ देशभरि ‘बेरुजु–विहीन’ र उच्च कार्यक्षमता भएको पालिका भनेर चिनिएको छ, र यसले अन्य स्थानीय तहलाई प्रेरणा दिएको छ ।’ उनले भने । आफु देशका विभिन्न स्थानमा जाँदा पनि बेनिघाट रोराङलाई उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेको स्मरण समेत उनले गरे । 

प्रचण्डले गणतन्त्र स्थापनापछि देशले ऊर्जा, भौतिक पूर्वाधार, स्वास्थ्य र जीवन प्रत्याशामा अभूतपूर्व प्रगति गरेको बताए । ९० प्रतिशत घरधुरी विद्युत पुग्नु, लाखौँ किलोमिटर सडक विस्तार र सरदर आयु ७१–७२ वर्ष पुग्नु जनताको त्याग र राजनीतिक संघर्षको परिणाम भएको उनको धारणा थियो ।

तर पछिल्ला वर्षमा भ्रष्टाचार मौलाउँदै गएको, राज्यको ध्यान रोजगारी सिर्जनाभन्दा वैदेशिक श्रममा मोडिएको कारण केही शक्तिहरूले प्राप्त उपलब्धिहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको उनले बताए । 

देशमा २३ र २४ गते भएको घट्नालाई स्मरण गर्दै संयोजक प्रचण्डले युवा आन्दोलन र त्यसपछिका घटनामा राज्यको लापरबाहीले ‘राज्यविहीनता’ जस्तै अवस्था सिर्जना भएकोप्रति व्यक्त गरे । शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग रोक्न पहिलो वक्तव्य आफूले नै निकालेको याद दिलाउँदै सुरक्षा व्यवस्थापन, राज्यले गर्ने बल प्रयोगमा कमजोरी हुँदा ठूलो क्षति भएकोप्रति चिन्ता व्यक्त गरे । 

संयोजक प्रचण्डले संविधान खारेज गर्न खोज्ने, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारूले प्राप्त गरेको अधिकार कमजोर पार्न खोज्ने शक्तिहरू सक्रिय रहेकोले त्यसका विरुद्ध बामपन्थी र लोकतान्त्रिक शक्तिहरुसँग मिलेर प्रतिवाद गर्ने जानकारी दिए । त्यसका लागि वामपन्थी मात्र होइन, सबै लोकतान्त्रिक शक्तिहरू मिलेर ‘सशक्त मोर्चा’ निर्माण गरिने उनले बताए । 

अहिले देश वर्तमान अप्ठ्यारो परिस्थिति र अराजकतामा रहेको उल्लेख गर्दै यो अवस्थाबाट देशलाई पार लगाउन “निर्वाचन नै उत्तम विकल्प” भएको उनले विचार व्यक्त गरे । सुशीला कार्की नेतृत्वको सरकार सर्वदलीय सहमतिबाट गठन भएको स्मरण गर्दै संविधानलाई सही ट्रयाकमा फर्काउने उपाय निर्वाचनमा सरकार केन्द्रित हुनुपर्ने उनले बताए । 

उनले तत्कालिन सरकारका प्रमुख एमाले अध्यक्ष केपी शर्मा ओली कै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री भएको बताउँदै ढाट झुट र छलछाम गर्ने तिर नलागि संविधानलाई ट्रयाकमा ल्याउन देशमा निर्वाचनको वातावरण बनाउने तर्फ लाग्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । 

नयाँ प्रशासकीय भवनलाई ‘मौलिक र विशेष’ भन्दै उनले स्थानीय तहबाट अझ प्रभावकारी सेवा प्रवाहको अपेक्षा व्यक्त गरे  बेनीघाट गाउँपालिका र धादिङबासीलाई गाउँमै सिंहदरबार आएकोमा बधाई दिँदै राष्ट्रिय सहमति, स्थिरता र जनमैत्री शासनका लागि एकजुट हुन अपिल गरे  ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: