काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छन्।
नेकपा एमालेको समर्थनमा शुक्रबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका भट्टलाई प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री नियुक्त भएपछि दूबोको माला लगाएर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भट्टले सुदूरपश्चिमका करिब २७ लाख जनताको नेतृत्व गर्ने अवसर पाउँदा खुसी लागेको बताए। यद्यपि, यो खुसीभन्दा जिम्मेवारीबोध र चुनौतीको अनुभूति बढी भएको उनको भनाइ छ।
‘म खुसी नै छु । खुसीभन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले म थिचिएको अनुभव पनि सँगसँगै गरेको छु,’ उनले भने।
नवनियुक्त मुख्यमन्त्री भट्टले आफ्नो नेतृत्वको सरकारले सुदूरपश्चिमेली जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रदेशका समस्या समाधानमा आफूले सक्दो प्रयास गर्ने उनको भनाइ छ।
उनले तत्कालै ठूलो परिवर्तन वा चमत्कार गर्न सम्भव नहुने स्वीकार गर्दै जनताले आफ्नो कामको अनुभूति गर्ने गरी परिणाममुखी काम गर्ने बताए।
‘धेरै चमत्कार त सम्भव हुँदैन, जे गर्नेछु राम्रो गर्नेछु। र मान्छेलाई राम्रो गर्यो भन्ने अनुभूति दिलाउन प्रयास गर्नेछु,’ भट्टले भने।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै भट्टले सुदूरपश्चिम सरकारको नेतृत्व सम्हालेका छन्। एमालेको समर्थनमा बनेको नयाँ सरकारसामु प्रदेशको विकास, सेवा प्रवाह र जनअपेक्षा सम्बोधन गर्ने चुनौती रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १२:४४
हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...
श्रावण २९ गते, २०८३ - १२:१९
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...
श्रावण २९ गते, २०८३ - ११:५९
स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...
श्रावण २९ गते, २०८३ - ११:२७
काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...
श्रावण २९ गते, २०८३ - ११:०८
जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...
श्रावण २९ गते, २०८३ - १०:५३
काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जा...
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...
श्रावण २८ गते, २०८३ - १६:५६
दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...



प्रतिकृया लेख्नुहोस्: