Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सिमरा विवाद : ओलीको शब्दको एक टुक्राले प्रेस काउन्सिल हल्लियो

के भनेका थिए ओलीले ?

खबरडबली संवाददाता

काठमाडौं । सिमरा विमानस्थलमा भएको अवरोध र जेनजी आन्दोलनका गतिविधि बारे दिएको राजनीतिक प्रतिक्रिया सामाजिक सञ्जालमा ‘उत्तेजक तरिकाले काटछाँट गरी प्रसारित’ भएको आरोपसहित प्रेस काउन्सिल नेपालले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको एक भिडियो हटाउन निर्देशन दिएको छ।

काउन्सिलले ‘मेरो न्युज डटकम’ लगायतका फेसबुक पेज र रिल्र्स अपलोड गर्ने प्लेटफर्महरूलाई पत्र पठाउँदै, भिडिओका केही अंशहरूले हिंसालाई प्रोत्साहन दिने र जनमानस उत्तेजित गर्ने प्रवृत्ति देखिएकाले २४ घन्टाभित्र सामग्री हटाउन वा सम्पादन गर्न निर्देशन दिएको हो।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालका अनुसार पूरै वक्तव्य प्रसारणमा कुनै प्रतिबन्ध छैन, तर उत्तेजना पैदा गर्ने अंश मात्र छुट्याएर रिल्स बनाइएकालाई कारबाही गरिएको हो। भुसाल भन्छन्, “भरपर्दो सम्पूर्ण प्रसारण काटिएको होइन, तर भाषणको संवेदनशील टुक्रा मात्र प्रयोग गरेर उत्तेजना फैलाउने प्रयास रोक्न काउन्सिल बाध्य भयो।”

कुन अभिव्यक्तिलाई काउन्सिलले आपत्तिजनक ठहर्‍यायो ?

काउन्सिलले पत्रमा अंश खुलाएकै छैन, तर बुझिएअनुसार ओलीले सिमरा घटनाको प्रसंग जोड्दै दिएको निम्न भनाइलाई उत्तेजक ठहरिएको छः  “एमालेमाथि हमला हुन्छ भने एमाले भाग्ने होइन, फनक्क फर्केर जवाफ दिन्छ।” यसले प्रत्यक्ष राजनीतिक भिडन्तलाई उक्साउने आशंका रहेको काउन्सिलको निष्कर्ष छ।

पत्रकार संगठनको प्रहार : ‘यो प्रेस स्वतन्त्रतामाथिको हमला’

प्रेस काउन्सिलको निर्देशनविरुद्ध एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल आक्रामक रूपमा उत्रिएको छ।  अध्यक्ष गणेश पाण्डेले सार्वजनिक विज्ञप्तिमा भनेका छन्—
“देशका पूर्वप्रधानमन्त्रीको सार्वजनिक मन्तव्य प्रसारण गर्नु नै प्रेसको दायित्व हो। काउन्सिलको पत्र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार हो।”

प्रेस चौतारीले काउन्सिलको निर्णय तात्काल सच्याउन माग गरेको छ।

के भनेका थिए ओलीले ?

सिमरा विमानस्थल अवरुद्ध र जेनजी आन्दोलनका क्रियाकलापप्रति खुसी नभएका ओलीले हालैको भाषणमा सरकारको सुरक्षा व्यवस्थालाई कठोर रूपमा प्रश्न गरेका थिए।

उनले भने— “५०–६० मान्छे जम्मा गरेर एयरपोर्ट बन्द गर्न दिने देश कस्तो ?" “जेनजी भन्दै जतिबेला मन लाग्यो तोडफोड र आगजनी गर्ने ? अनि भन्छन्  चुनाव गर्छौं !”

“सभा गर्न नदिने, नेतामाथि आक्रमण हुने, एयरपोर्ट बन्द गरिने— यस्तो अवस्थामा चुनाव कसरी हुन्छ ?” “प्रधानमन्त्रीलाई सोध्न चाहन्छु  कस्तो चुनाव घोषणा गर्न लागेको हो ?”

सबैभन्दा विवादित भनाइ यही थियोः  “एमालेमाथि हमला भयो भने हामी फनक्क फर्केर जवाफ दिन्छौं। भागेर हिँड्ने पार्टी हैन।”

यही अभिव्यक्ति काटेर रिल्स बनाइएकै कारण काउन्सिलले सो सामग्रीलाई ‘हिंसा र वैमनस्य बढाउने’ भन्दै हटाउन निर्देशन दिएको हो।

 काउन्सिलको पत्र विवाद झन् चर्किदै

यो विवादले दुई ध्रुवमा बहस बढाएको छ एकातिर, काउन्सिलको तर्क छ कि सन्दर्भविहीन क्लिप सामाजिक अशान्ति बढाउन सक्ने हुन्छ। अर्कातिर, पत्रकार संगठन र एमालेका निकट समूहको तर्क यो राजनीतिक दबाबमा गरिएको सेन्सर हो र प्रेस स्वतन्त्रता घटाउने ‘खतरनाक संकेत’ हो।

सिमरा घटनाक्रमपछि देशमा जेनजी आन्दोलन, सुरक्षा चुनौती र आसन्न निर्वाचनको वातावरणबारे चर्चा चर्किरहेको बेला ओलीका कटाक्ष र काउन्सिलको प्रतिउत्तर राष्ट्रिय बहसको केन्द्रमा परेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

पश्चिमी वायुको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। जसका कारण सोमबार गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेश...

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending