Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

तेजाब आक्रमण मुस्कान खातुन नेकपामा प्रवेश: भन्छिन्, 'अनुहार जलेपनि सपना जलेको छैन'

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी तेजाब आक्रमण पीडित तथा मानवअधिकार अभियन्ता मुस्कान खातुनले आफूमाथि भएको आक्रमणले अनुहार त जलाइदियो, तर सपना भने नजलेको बताएकी छन् ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले यो भावना व्यक्त गरिन् । 'जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाइदियो, तर मेरो सपना जलाएको छैन,' उनले भनिन् ।

उनले युवा पुस्तालाई एकजुट हुन आग्रह गर्दै भनिन्, 'सम्पूर्ण जेनजीलाई भन्न चाहन्छु, जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ ।'

मुस्कानले नेपालमा महिलाहरूले भोग्नुपरेका विभिन्न प्रकारका हिंसाको अन्त्यका लागि निरन्तर संघर्ष गरेको उल्लेख गर्दै तेजाब आक्रमण मात्र होइन, अन्य हिंसाहरू पनि उत्तिकै गम्भीर समस्या भएको बताइन् । 'यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर मैले पाँच वर्षसम्म लगातार काम गरेँ र तेजाब आक्रमण रोक्न सफल पनि भएँ । तर तेजाब आक्रमण मात्र हिंसा होइन, दिदीबहिनीहरूले धेरै प्रकारका हिंसा खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसाको अन्त्य जरुरी छ,' उनले थपिन् ।

मुस्कानको सम्बोधनको मुख्य अंश

मेरो नाम मुस्कान खातुन हो । म तेजाब आक्रमणविरुद्धको अभियन्ता तथा मानवअधिकारकर्मी हुँ । आजभन्दा पाँच वर्षअघि मसँग तेजाब आक्रमण भएको थियो । यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर मैले पाँच वर्षसम्म लगातार काम गरेँ र तेजाब आक्रमण रोक्न सफल पनि भएँ । तर मलाई लाग्छ, तेजाब आक्रमण मात्र हिंसा होइन । दिदीबहिनीहरूले धेरै प्रकारका हिंसा खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसाको अन्त्य जरुरी छ ।

आज म जेनजि भएकाले सम्पूर्ण जेनजिका विचार बुझेर भन्न चाहन्छु । जेनजिले चाहेको हाम्रो देश प्रगतिशील होस् । देशमा भएको भ्रष्टाचारको अन्त्य होस् भन्ने चाहना छ । म नेपाली कम्युनिस्ट पार्टीमा जोडिएको छु । सम्पूर्ण जेनजिलाई अनुरोध गर्छु कि हामी एकताबद्ध हुन जरुरी छ । हामी एकजुट भए देश प्रगति गर्नेछ, भ्रष्टाचारको अन्त्य हुनेछ र भायोलेन्स पनि समाप्त हुनेछ । हामी एकजुट भएर काम गरौं । देशका लागि बाँचौं, देशका लागि मरौं ।

म नेपाली भएकाले सबैभन्दा पहिला हाम्रो देश चिनिन्छ । हामी नेपाली हुँ भनेर गर्व गर्न जरुरी छ । माटोलाई पहिचान गर्न जरुरी छ । जुनसुकै देशमा भए पनि 'म नेपाली हुँ' भनेर गर्व गर्न जरुरी छ । यहाँ उपस्थित प्रचण्ड र माधवकुमार नेपालज्युलाई धेरै–धेरै धन्यवाद ।

जाँदाजाँदै के भन्न चाहन्छु भने, जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाइदियो, तर मेरो सपना जलाएको छैन । सम्पूर्ण जेनजिलाई भन्न चाहन्छु, जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ ।

नेकपा एकतामा जोडिएकी मुस्कानको यो सम्बोधनले युवा पुस्तामा उत्साह जगाएको छ । पार्टीका नेताहरूले उनको योगदानको प्रशंसा गर्दै हिंसामुक्त समाज निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: