Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

लुटिएका हतियार र फरार कैदीबन्दीको व्यवस्थापन प्रभावकारी हुदैँछ: गृहमन्त्री अर्याल

खबरडबली संवाददाता

काठमाडौँ ।  गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए । 

“होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत रूपमा चल्नुपर्छ,” उनले भने, “द्वन्द दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबु भित्र राखेका छौँ ।”

उनले त्यसका लागि राजनीतिक दल र जेनजी समूहबिच संवाद चलिरहेको जानकारी दिए । मन्त्री अर्यालले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले लुटिएका हतियार र फरार कैदीबन्दीको व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको जानकारी समेत दिए । 

साथै प्रहरीको मनोबल बढाउने र क्षतिग्रस्त कार्यालयको पुनःनिर्माणमा नागरिक सहयोग प्राप्त भएको उनको भनाइ छ । उनले जनताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने विश्वास व्यक्त गरे ।

मन्त्री अर्यालले विभिन्न समूहले विविध माग राखी प्रदर्शन, धर्ना, जुलुस र बिरोधलगायतका कार्यक्रम गरिरहेको गतिविधिको सुक्ष्म निगरानी र समन्वयात्मक रूपमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको समितिलाई जानकारी दिए ।

“सुरक्षा निकायबाट परिचालन हुने कर्मचारीलाई आवश्यक बन्दोबस्तका सामान खरिद व्यवस्थापन भइरहेको छ,” उनले भने । उनले जेनजी आन्दोलनपश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उछृङ्खल गतिविधि भएमा वा समस्या परेमा सोको सहजीकरण गर्न सहायता कक्ष स्थापना गरिएको बताए । हेल्प डेस्क नम्बर ९८५१३६०६०३ मा फोन गर्न सकिने बताए ।

मन्त्री अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तथा देशको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखी हालसम्म चार पटक केन्द्रीय सुरक्षा समितिको बैठक बसी निर्वाचन सुरक्षा रणनीति निर्माणलगायतका जम्मा २० वटा निर्णय गरिएको बताए । उनकाअनुसार आगामी निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्ना गर्ने योजना अघि बढाइएको छ ।

मन्त्री अर्यालकाअनुसार भाद्र २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कुल ५९५ जनालाई पक्राउ गरिएको तथा २८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको छ । अहिलेसम्म ७२३ थान हतियार फिर्ता ल्याइएको उनले जानकारी दिए । कारागार तथा बन्दी गृहबाट फरार भएका १४ हजार ५५४ कैदीबन्दीमध्ये नौ हजार ६९७ लाई फिर्ता ल्याइसकिएको छ ।

उनले बाकी चार हजार ८५७ कैदीबन्दी फिर्ता ल्याउन विशेष ‘अपरेसन’ सञ्चालन गरिएको उल्लेख गरे । आगामी निर्वाचनको समयमा सेना परिचालनको लागि रक्षा मन्त्रालयमा लेखि पठाइ राष्ट्रिय सुरक्षा परिषदबाट निर्णयसमेत भइसकेको उनले जानकारी दिए ।

निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढीकरणका लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट १५६ वटा र थप बजेटबाट १०६ वटा गरी कुल २६२ थान सवारी, सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट ५९ वटा र थप बजेटबाट ५० वटा गरी कूल १०९ सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप छ वटा सवारी खरिदका लागि स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अगाडि बढाइएको उनले बताए  ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: