Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

दाङकाे घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

खबरडबली संवाददाता

दाङ । लामो प्रतिक्षापछि घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु भएको छ । ६ वर्षअघि सडक कालोपत्र गर्नेगरी ठेक्का लागे पनि ठेकेदार काम नगरी अलपत्र छोड्दा काम रोकिएको थियाे ।

सडक अलपत्र परेपछि आवत जावतमा समस्या, सवारी साधन सञ्चालनमा सास्ती हुनुका साथै सवारी दुर्घटना पनि बढिरहेको थियो । अहिले सडक निर्माणका लागि श्री दिवा–बन्दना भगवती जेभिसँग ठेक्का सम्झौता गरेपछि यही मङसिर १ गतेदेखि घोरही उपमहानगरपालिका–१० अम्रईबाट काम सुरु गरिएको छ ।

घोराहीको डिके पेट्रोल पम्पबाट तुलसीपुरको हात्तीखौवासम्म चार लेन बनाउने गरी सम्झौता भएपनि पहिलो चरणमा अम्रइगुर्जे खोलाबाट काम सुरु गरिएको कम्पनीका सम्झौता प्रबन्धक सुनिल ढुङ्गानाले बताए । उनका अनुसार सुरुमा दुई वटा जेसिबीले काम सुरु गरेकामा अहिले सवारी साधनको प्रयोग पनि बढाइएको छ ।

आगामी एक सातापछि आवश्यकताअनुसार मजदुरसमेत थप गरिने प्रबन्धक ढुङ्गानाले जानकारी दिए । “यथाशीघ्र काम सक्ने गरी अगाडि बढिरहेका छौँ । सम्झौता मिति भन्दाअघि सक्ने हाम्रो लक्ष्य छ”, उनले भने, “सोहीअनुसार हामीले काम अघि बढाएका छौँ ।” अहिले माटो ‘फिलिङ्ग’ गर्ने र झाडी फाल्ने काम भइरहेको भन्दै माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम हुने उनले जानकारी दिए ।

उक्त सडकको २१ किलोमिटरमा कालोपत्र हुने जिल्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ । चौडाइ चार लेनको हुनेछ । बिच बिचमा मेडिएन र दुवैतर्फ दुई/दुई लेनको हुने उनले बताए । “बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुनेछ, भने अन्य स्थानमा चार लेन मात्रै हुनेछ”, उनले भने ।

स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्र गर्न सुरु हुने निर्माण कम्पनीको भनाइ छ । चार लेनमा निर्माण गरिने सडकमा कामको सहजताका लागि बेलझुण्डी रङ्गशालाको उत्तरतर्फ रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी क्रसर स्थापना गर्ने, पानीका लागि डिपबोरिङ खन्ने, सम्पर्क कार्यालय स्थापन गर्नेलगायत काम भइसकेको सम्झौता प्रबन्धक ढुङ्गानाले जानकारी दिए ।

सडक सुधार आयोजनाको मदनभण्डारी राजमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको थियो । निर्माणको प्राविधिक जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटरको हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुने कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए ।

“ढुङ्गा, गिट्टी र बिटुमिनतार मिसाएर कालोपत्र गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्नेगरी कामलाई तीव्रता दिन ताककेता गर्दै जानेछौँ”, उनले भने ।

गत २४ असारमा श्री दिवा–बन्दना भगवती जेभीसँग सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो । भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक चार लेनको बनाउने गरी सम्झौता भएको सडक डिभिजन कार्यालयका प्रमुख विष्टले जानकारी दिए । यसअघि ठेकेदारको लापरबाहीका कारण ठेक्का रद्ध भएपछि विसं २०८१ साउनदेखि नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको थियो ।

तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको निर्णयानुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोही अनुसार मदनभण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमान भएर गत फागुन १ गते बोलपत्र आह्वान भएको थियो ।

उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यसैबीच सडक डिभिजन कार्यालयले घोराही–तुलसीपुर सडकखण्ड निर्माण भइरहेकाले सुरक्षित तरिकाले सवारीसाधन सञ्चालन गर्नका लागि सबै सवारी चालकलाई एक सूचना जारी गरी अनुरोध गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending