काठमाडौँ। भारत–नेपालबीचको रोटीबेटी सम्बन्ध पुरानो हो। तर मधेशमा पछिल्ला महिनामा एउटा नयाँ र चिन्ताजनक ट्रेन्ड देखिन थालेको छ—चिनियाँ नागरिकहरूले नेपाली नाबालिकासँग विवाह गर्ने प्रकरणहरू।
बारा प्रहरीले बुधबार मध्यराति करैयामाई गाउँपालिका–१ हरैयामा चिनियाँ नागरिक र मुस्लिम समुदायकी नाबालिकाबीच हुन लागेको बालविवाह रोकेको छ।
प्रहरीले बेहुला, बेहुली र बेहुलीका बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कलैयामा अनुसन्धान थालेको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।
चिनियाँसँग विवाहको श्रृंखला? एक वर्षमै तीन घटना
स्थानीयका अनुसार यो पहिलो घटना भने होइन। एक वर्षभित्र उही गाउँमा कम्तीमा तीन नाबालिकाको विवाह चिनियाँ नागरिकसँग भएको दाबी गरिएको छ। स्थानीय बासिन्दा भन्छन् “भारततिर विवाह पुरानै चलन हो। तर अब त चीनबाटै ज्वाइँ आउन थाले। गाउँमै नयाँ डर फैलिएको छ।”
घटनाबारे विवरण खुल्दै जाँदा आर्थिक प्रलोभनका आधारमा मधेसी परिवारलाई लक्ष्य बनाइएको आशंका बलियो बन्दै गएको छ। स्थानीयका अनुसार केही बिचौलियाले गरीब परिवारलाई पैसा देखाएर चिनियाँ पुरुषसँग विवाह मिलाइदिने गरेको खुल्न थालेको छ।
प्रहरीको शंका: मानव तस्करीको नयाँ मोडेल?
चिनियाँ नागरिकसँग विवाहका घटना बढ्दै जानु स्थानीय प्रहरीका लागि पनि ‘रेड अलर्ट’ बनेको छ। प्राथमिक अनुसन्धानमा पक्राउ परेका चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा दुरुस्त पाइएको छ। तर यस्तो विवाहमार्फत मानव तस्करी वा अन्तरदेशीय शोषणको ट्रान्जिट बनाइएको हो कि ? भन्ने शंका प्रहरी भित्रिएको छ।
गाउँभरी अहिले एउटाैँ प्रश्न घुमिरहेछ—“चिनियाँले किन मधेशमै नाबालिकालाई खोज्दै हिँडेको?” बालविवाह, अन्तरदेशीय विवाह र बिचौलियाको भूमिकाबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: