काठमाडौँ । विशेषज्ञको अभाव हुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको केन्द्रको सेवा प्रभावित भएको छ । केन्द्रमा विशेषज्ञ चिकित्सक अभाव भएपछि यहाँबाट प्रदान गरिँदै आइएको कलेजो प्रत्यारोपण रोकिएको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा कल्पना श्रेष्ठले केन्द्रका एक मात्र कलेजो प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठको अवकाश भएपछि गत साउनदेखि कलेज प्रत्यारोपण रोकिएको जानकारी दिइन् । विसं २०७३ देखि केन्द्रमा कलेज प्रत्यारोपण हुँदै आएको थियो ।
“कलेजो प्रत्यारोपण गर्ने केन्द्रमा एक जना मात्र विशेषज्ञ चिकित्सक डा श्रेष्ठ हुनुहुन्थ्यो”, उनले भनिन्, “उहाँको अवकाश भएपछि अहिले कोही पनि सर्जन हुनुहुन्न । त्यही भएर हामीले अहिले कलेजो प्रत्यारोपण सेवा बन्द गरेका छौँ ।”
निर्देशक डा श्रेष्ठले कलेजो प्रत्यारोपण रोकिएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमलाई पनि गराइसकेको बताइन् । “विभागीय मन्त्रालयसहित मन्त्रीलाई पनि हामीले कलेजो प्रत्यारोपण सेवा विशेषज्ञको अभावले रोकिएको जानकारी गराइसकेका छौँ”, उनले भनिन्, “मन्त्री र सचिवले यस विषयलाई गम्भीरताका साथ लिँदै विशेषज्ञको खोजी गरिरहेको जनाएका छन् ।”
निर्देशक डा श्रेष्ठले कलेजो प्रत्यारोपण विशेषज्ञ को खोजी भइरहे पनि अहिलेसम्म सेवा सञ्चालन भने गर्न नसकिएको बताइन् । यसअघि केन्द्रबाट ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ ।
केन्द्रमा पहिले विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गरिँदै आइए पनि अहिले नेपालका दक्ष जनशक्तिबाट सेवा प्रवाह हुँदै आएको थियो । नेपालमा सरकारी अस्पतालमा कलेजो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा पनि हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: