Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

समयमा धान उठाउन नसक्दा मोरङमा तोरी लगाउन सकस

खबरडबली संवाददाता

उर्लाबारी। मध्य कात्तिकसम्म परेको पानीले गर्दा यो वर्ष रवि लगाउने खेतहरू अझै सुकेका छैन । धान र तोरी उत्पादनका लागि अब्बल मानिएका खेत अझै नसुक्दा यो वर्ष किसानले तोरी लगाउन पाएका छैन । धान पाकेर बाला झर्न थाले । तर खेत सुकेको छैन । खेत सुकेर तोरी लगाउन अझै १५ दिन पर्खनु पर्ने अवस्था छ ।

मोरङको कानेपोखरी–३ का नवीन किशोर दाहालले भन्नुुभयो, ‘‘बिगत वर्षहरूमा कात्तिक मसान्तसम्ममा तोरी छरिसक्थ्यौं, यो वर्ष धान नै थन्क्याउन पाएका छैनौं । धानका बाला काटिएर झर्न थाले । तर, पानी सुकेको छैन । पानी नसुकेको खेतमा हार्भेष्टर र कम्पायन मेशिन पस्दैन । सीम खेतमा हार्भेष्टर फसेर किसान दोहोरो मारमा परिरहेको छौँ ।’’

सुनवर्षी १ मरिया वक्राहाका बेदनिधि गौतमले खेत पूरै नसुकिकन हार्भेष्टर लगाउँदा खेत नै बिग्रियो । ट्याक्टरले खेत जोत्नै मानेनन । हार्भेष्टरले गहिरो लिक बनाइदिएको बताए। मोरङको पथरीशनिश्चरे– ५ का सोमबहादुर राजवंशीले भने, ‘‘गतवर्ष यतिबेला तोरीको साग खाने बेला भएको थियो । यो वर्ष धान उठाएर सकेको छैन । धान उठाएर पनि खेत सुक्न समय लाग्छ ।’’ उनले तोरी लगाउन ढिलो भएको बताए ।

पछिल्लो तीन वर्ष यता मोरङ जिल्ला तोरी उत्पादनमा देश मै अग्रस्थानमा थियो । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवले यो प्राकृतिक समस्या हो । केन्द्रसँग समाधानको उपाय नभएको बताए। तर अलि ढिलो पाक्ने जातका तोरी छरे उत्पादनमा खासै असर नपर्ने उनको भनाइ छ ।

ज्ञान केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ११ हजार २०५ हेक्टरमा तोरी खेती भएको थियो । जसमा १३ हजार ४४६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस्तै आव २०८०/८१ मा तोरी खेतीको क्षेत्रफल ९ हेक्टर बढेर ११ हजार २१४ हेक्टर पुुग्यो भने उत्पादन १४ हजार ५७८ दशमलव २० मेट्रिक टन भयो । गत आव २०८१/०८२ मा ११ हजार २२४ दशमलव ५० हेक्टरमा तोरी खेती भएको थियो । गत वर्ष १४ हजार ७०४ दशमलव १० मेट्रिक टन तोरी उत्पादन भयो ।

कार्यालयका सूचना अधिकारी आदर्शकुमार सिंहका अनुसार पछिल्लो तीन वर्षको तथ्याङ्क तुलना गर्ने हो भने उत्पादन क्षेत्र र परिमाण मात्र वृद्धि भएको छैन । उत्पादकत्व समेत वृद्धि भएको छ । सिंहका अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रति हेक्टर एक दशमलव २० मेट्रिक टन उत्पादन भएको तोरी आव २०८०/०८१ मा एक दशमलव ३० मेट्रिक टन उत्पादन भयो । गत वर्ष अझ बढेर प्रति हेक्टर एक दशमलव ३१ मेट्रिक टन उत्पादन भएको छ ।

सङ्घीय सरकारले मोरङका कानेपोखरी, बेलबारी र सुनवर्षीमा तोरी पकेट विशेष कार्यक्रम सञ्चालन गरेपछि तोरी खेती किसानको आकर्षण बढेको हो । शहरमा बस्नेहरू समेत शुद्ध तेल खानका लागि तोरी फुल्न थालेपछि किसानका खेत खेतमा तोरी बुकिङ गर्न पुुग्ने गरेका छन् । जसले गर्दा किसानले मूल्य नपाउने समस्या छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्‌भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । सामाजिक सद्‌भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...

शान्ति, सामाजिक सद्भाव र न्यायको माग गर्दै राजधानीमा नागरिक सभा

काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...

कालापानीमा प्रशासन–आन्दोलनकारीबीच मौखिक सहमति, बीपी राजमार्ग पुन: सञ्चालन

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...

जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले सुरु गरे छलफल

काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...

कालापानी प्रकरण फेरि तातियो, मुद्दा फिर्ताको माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...

सप्तरीमा ग्यासको चरम अभाव, सर्वसाधारणलाई सास्ती

सप्तरी। सप्तरी जिल्लामा एक हप्तादेखि  एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा पाँच दिनदेखि लगातार गाडी बन्दका...

गोलबजारमा दुई घण्टाका लागि कर्फ्यु खुला

सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending