काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई पक्षबीच लामो समयदेखि चल्दै आएको विवाद अन्त्य गर्दै आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर गरिएको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा। बद्री केसीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
पछिल्ला वर्षहरूमा एनआरएनए दुई छुट्टाछुट्टै नेतृत्व—महेश श्रेष्ठ र डा। बद्री केसी—मार्फत सञ्चालन हुँदै आएको थियो। बदलिएको राजनीतिक परिस्थितिमा दुवै पक्ष १० बुँदे सहमतिको आधारमा एकताबद्ध हुन तयार भएका हुन्।
सहमति अनुसार १२औं महाधिवेशन १७ अप्रिल २०२६ अघि सम्पन्न गरिनेछ। केसी नेतृत्वको कार्यसमिति एकता महाधिवेशनका लागि श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ।
महाधिवेशनलाई पारदर्शी र विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ समिति गठन गर्ने सहमति पनि छ। उक्त समितिका सदस्यहरू आगामी महाधिवेशनमा उम्मेदवार नहुने व्यवस्था गरिएको छ।
एक नेताका अनुसार, “लामो समयको प्रयासपछि एकता सम्भव भएको हो। अहिले विश्वभरका एनआरएनको नेतृत्व महेश श्रेष्ठले गर्नुहुनेछ,” भन्दै प्रधानमन्त्री निवास बालुवाटारमै एकताको औपचारिक घोषणा गरिएको जानकारी दिए।
यसअघि एनआरएनए नेतृत्वको वैधानिकता लगायतका मुद्दा अदालतमा रहेकाले दुवै पक्षले ती मुद्दा फिर्ता लिने सहमति पनि गरेका छन्।
१० बुँदे सहमति परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको हो, जसलाई मन्त्रालयमै अभिलेख गर्ने उल्लेख छ। कुनै विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयको समन्वयमा समाधान गर्ने तथा सहमतिको सबै बुँदालाई १२औं महाधिवेशनबाट अनुमोदन गराउने व्यवस्था पनि छ।
सहमतिको पहिलो बुँदामा २०२३ अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित डा। बद्री केसी नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने उल्लेख छ। त्यस्तै २०२५ मेमा आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई पनि मान्यता दिइएको छ।
दोस्रो बुँदामा १२औं महाधिवेशन १७ अप्रिल २०२६ सम्म सम्पन्न गर्ने र श्रेष्ठ नेतृत्वको समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...




प्रतिकृया लेख्नुहोस्: