पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आएको नारायणीले बस्तीतर्फ कटान गर्न थालेपछि यहाँका बासिन्दा विस्थापनको त्रासमा छन् ।
आफ्नै देशमा वर्षौँदेखि सीमाका पहरेदार बनेर बसेका उनीहरूका लागि यतिबेला प्राकृतिक विपत्ति मात्र नभई राज्यको उपेक्षा झन् ठुलो पीडा बनेको छ । हाल सुस्ता बचाउन निर्माणाधीन तटबन्ध भारतीय पक्षको अवरोध र नारायणीको बाढीका कारण क्षतिग्रस्त बनेको छ ।
तटबन्ध निर्माण र नदी नियन्त्रणका लागि यतिबेला स्थानीयवासी, प्राविधिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निरन्तर खटिएका छन् । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार सुस्तालाई नारायणीको कटानबाट पूर्ण रूपमा जोगाउन, निर्माणाधीन तटबन्धलाई दिगो बनाउन र आवश्यक बजेट तथा प्राविधिक स्रोत(साधन तत्काल उपलब्ध गराउन माथिल्लो निकाय र राज्यको प्रभावकारी उपस्थिति नितान्त आवश्यक देखिएको छ ।
नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख डा। नारायणप्रसाद सुवेदीका अनुसार हाल सुस्ताका सयौँ बासिन्दा कटान नियन्त्रणमा जुटिरहेका छन् ।
पश्चिम नवलपरासीका जनप्रतिनिधिहरूले तीनै तहका सरकारसँग समन्वय गरी बजेट अभाव हुन नदिने र सुस्ताको रक्षा गर्ने आश्वासन दिएका छन् । तर बारम्बार आश्वासन मात्र पाउँदै आएका सुस्तावासी भने सरकारले तत्काल दिगो तटबन्ध निर्माणको ग्यारेन्टी गर्नुपर्ने माग गर्छन् ।
स्थानीय तह, आयोजना र सुरक्षा निकायको स्रोत(साधनले भ्याएसम्म बचाउ कार्य तीव्र बनाइए पनि नदीको कटान रोक्न यो मात्र पर्याप्त देखिएको छैन । वि।सं। २०२२ मा राजा महेन्द्रका पालामा सीमा रक्षाका लागि बसालिएको यो बस्तीमा हाल करिब तीन हजार १३३ जनसङ्ख्या बसोबास गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १६:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...
श्रावण ३१ गते, २०८३ - १६:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...
श्रावण ३१ गते, २०८३ - १५:५१
बिर्तामोड । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन तथा नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताएका छन् । बिर्तामोडम...
श्रावण ३१ गते, २०८३ - १५:३४
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको ह...
श्रावण ३१ गते, २०८३ - १५:०७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आए...
श्रावण ३१ गते, २०८३ - १४:४१
काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...
श्रावण ३१ गते, २०८३ - १४:३०
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद भएको छ ।...
श्रावण ३१ गते, २०८३ - १४:०७
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...
श्रावण ३१ गते, २०८३ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै रचनात्मक आन्दोलन आवश्यक रहेको बताएका छन् । ग्राम...
श्रावण ३१ गते, २०८३ - १३:४०
काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष ब...



प्रतिकृया लेख्नुहोस्: