Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

कांग्रेसको राष्ट्रिय भेलाबाट सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोड्ने प्रस्ताव पारित

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्रस्ताव पारित गरेको छ ।

सुकेधारामा आइतबार सम्पन्न भेलाले नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

भेलाबाट पारित प्रस्तावमा नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृति राष्ट्रिय पहिचानसँग जोडिएको उल्लेख गर्दै त्यसलाई संरक्षण र प्रवर्द्धन गर्ने नीति अघि सारिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म र संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्न पाउने अधिकारलाई सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउन कांग्रेस प्रतिबद्ध रहनेछ ।’

हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षणमा जोड

कांग्रेसले नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहेका मौलिक धार्मिक परम्पराको संरक्षणलाई पनि आफ्नो दायित्वका रूपमा प्रस्तुत गरेको छ ।

पारित प्रस्तावमा हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्दै नेपालको मौलिक धार्मिक पहिचान जोगाउन पार्टीले विशेष भूमिका खेल्ने उल्लेख छ ।

यद्यपि, सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोड्ने प्रस्तावसँगै कांग्रेसले व्यक्तिगत धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावलाई समेत समान महत्व दिएको जनाएको छ ।

नेपाल बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै धर्म र समुदायबीच आपसी एकता, सम्मान र सहिष्णुता कायम राख्नुपर्ने कांग्रेसको नीतिगत धारणा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म प्रधानमन्त्री बन्न राजनीतिमा आएको हैन, देश बनाउन हिँडेको हुँ : अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको ह...

सुस्तामा नारायणीको कटान, विस्थापनको त्रासमा बासिन्दा

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आए...

कांग्रेसको राष्ट्रिय भेलाबाट सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोड्ने प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...

कांग्रेस भेलाको समापनमा धर्मको विषयले विवाद : निधि र महतबीच मञ्चमै 'कागज खोसाखोस'

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद भएको छ ।...

‘म हिन्दू हुँ, कसैको विरोधी होइन’ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...

देश रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै रचनात्मक आन्दोलन आवश्यक रहेको बताएका छन् । ग्राम...

सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति, प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग

काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष ब...

धनकुटामा बस दुर्घटना, तीन जना घाइते

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्...

जाजरकोटमा पहिरोको त्रास : रिसाङका २ सय स्थानीय सुरक्षित स्थानमा सारिए

जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोपछि उच्च जोखिममा रहेको जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब २०० स्थानीयलाई सुरक्षित स्थानम...

रविको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम पनि तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारीम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending