Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

म्याग्दीमा नाै वर्षदेखि चिस्यान केन्द्र अलपत्र

खबरडबली संवाददाता

पर्वत । पर्वतको मोदी गाउँपालिका–२ पातीचौरमा निर्माणाधीन चिस्यान केन्द्र ९ वर्षदेखि अधुरै छ । राज्यबाट २० लाखभन्दा बढी खर्चिएर बनाइएको पक्की भवन आजसम्म प्रयोगमा आउन नसकेको स्थानीयको गुनासो छ ।

२०७४ सालमा अर्थ मन्त्रालयबाट ५० लाख विनियोजन भएपछि भवन निर्माण थालिए पनि ५० टन भण्डारण क्षमता भएको चिस्यान केन्द्र पूरा हुन सकेको छैन । पटक–पटक बजेट आउँदै आएको भए पनि सुस्त कामका कारण भवन वर्षौसम्मै व्यक्तिको नामकै जग्गामा परेको थियो, जसलाई पछिल्लो वर्ष मात्र पालिकाको नाममा सारिएको वडा अध्यक्ष बेलबहादुर कार्की बताउँछन् ।

स्थानीय खेमबहादुर हमालको पाँच आना जग्गा १३ लाख ५० हजारमा खरिद गर्ने कागजी सम्झौता भए पनि उपभोक्ता समितिले रकम भुक्तानी गर्न नसक्दा नामसारी ढिलो भएको थियो । तीन वर्षअघि केन्द्र निर्माणका लागि फेरि ५५ लाख विनियोजन भएको थियो । चालू आर्थिक वर्षमा प्रदेश सरकारले विशेष अनुदानमार्फत ४० लाख छुट्याएको प्रशासकीय अधिकृत बाबुराम पुरीले बताए ।

सुन्तला र आलु उत्पादनका लागि प्रसिद्ध देउपुर, बनौ, लेस्पारलगायत क्षेत्रका कृषकलाई भण्डारण सुविधा उपलब्ध गराउन पातीचौरमा चिस्यान केन्द्र निर्माण थालेको हो । देउपुरबाट वर्षेनी करोडौँ बराबरको सुन्तला उत्पादन हुने भएकाले केन्द्र सञ्चालनमा आए कृषि आम्दानी बढ्ने स्थानीयको अपेक्षा छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending