काठमाडौं । जेराल्ड इरसमस र जोन सिम्पसनको उत्कृष्ट प्रदर्शनसहित काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ यात्रालाई बलियो बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ भएको खेलमा काठमान्डुले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गर्दै प्लेअफ नजिकिएको हो ।
जितसँगै छ खेलबाट काठमान्डुको अंक ८ पुगेको छ । पाँच खेलमा चौथो पराजय व्यहोरेको कर्णाली याक्स दुई अंकसहित प्लेअफको दौडमा कमजोर बन्दै गएको छ ।
यसअघि दुई खेल नै बाँकी रहँदा प्लेअफ सुरक्षित गरिसकेको अपराजित सुदूरपश्चिम रोयल्स पाँच खेलबाट १० अंकसहित शीर्षस्थानमा छ । विराटनगर किङ्स पाँच खेलबाट ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमै पाँच विकेट गुमाउँदै १ सय ५५ रन बनाएर पूरा गरेको थियो । काठमान्डुका जेराल्ड इरसमस ४३ रनमा अविजित रहँदै ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे । जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४ र मिलन्ड कुमारले १५ रनको योगदान दिए । कर्णालीका नन्दन यादवले ३ विकेट र पवन सर्राफले १ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।
कर्णालीका गुल्सन झा २२ बलमा ६ चौका र ३ छक्काको मद्दतले ४९ रनमा अविजित रहे । पवन सर्राफले ३५, मार्क वाटले ३० तथा निजिबुल्लाह जादरन र दीपक डुम्रेले समान १०–१० रन जोडे ।काठमान्डुतर्फ रासिद खानले २ विकेट लिँदा सन्तोष यादव, मिलन्ड कुमार र कप्तान करण केसीले १–१ विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: