काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११औँ महाधिवेशनमा खुला प्रतिस्पर्धा हुने स्पष्ट पारेका छन् ।
उनका अनुसार पार्टी नेतृत्व चयनमा सहमतिको प्रयास भए पनि इच्छुक सबैले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
एमाले महाधिवेशन प्रचार समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक–चिह्न (लोगो) सार्वजनिक गर्ने कार्यक्रममा उनले नेतृत्वको प्राकृतिक पुनर्गठन तथा पुस्तान्तरण महाधिवेशनको स्वाभाविक प्रक्रिया रहेको बताए ।
अध्यक्ष ओलीले भने, “अधिवेशन हुँदा कमिटीमा स्वाभाविक रूपमा परिवर्तन हुन्छ । केही जाने, केही आउने क्रम सामान्य हो । त्यसैले पुस्तान्तरण र पुनर्गठन जोरजबरजस्ती नभई आवश्यकताअनुसार स्वाभाविक रूपमा हुन्छ ।”
महाधिवेशनमा कसैलाई रोकावट नहुने बताउँदै अध्यक्ष ओलीले थप भने, “मतदान हुन्छ । कसैलाई रोक्ने, सेन्टिमेन्टल कुरा गर्दै सर्वसम्मति अनिवार्य बनाउने जस्ता अभ्यास हुँदैन । प्रतिस्पर्धा गर्न चाहने सबैका लागि मैदान खुला छ ।”
तर उनले आफ्नो हैसियतले सहमतिको आग्रह रहने उल्लेख गरे । “जसले छोड्नुपर्छ, सहमतिसाथ छोडौँ । जसले जिम्मेवारी लिनुपर्छ, सहमतिका साथ लिऔँ । एकअर्कालाई अपमान गर्ने, होच्याउने संस्कृति स्वीकार्य हुँदैन,” उनको भनाइ थियो ।
अध्यक्ष ओलीले देशमा फेरि अन्यौलता र अशान्ति फर्किन नदिन उपलब्धिहरू जोगाउनुपर्ने आवश्यकता पनि औंल्याए । “कठिन परिश्रमले प्राप्त उपलब्धि संरक्षण गर्नैपर्छ । लोकतन्त्रतिर अघि बढ्नु बाहेक राष्ट्रसँग अर्को विकल्प छैन,” उले स्पष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: