Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कांग्रेसले महाधिवेशनसँगै चुनावी प्रचार-प्रसार पनि एकसाथ गर्ने

खबरडबली संवाददाता

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि नियमित महाधिवेशनमा जाने सहमति जुटेको छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिकासहितको निर्णय गरेको हो । आगामी फागुन २१ गते निर्धारित आमनिर्वाचन अघि वा पछि कहिले महाधिवेशन गर्ने भन्ने विषयमा सोमबारको कांग्रेस बैठकमा सहमति जुटेको हो ।

पार्टीभित्र संस्थापन र इतरपक्षबीच आमनिर्वाचन अगाडि वा पछाडि तथा विशेष र नियमित कुन महाधिवेशन गर्ने भन्ने विषयमा डेढ महिनादेखि बहस जारी थियो । महाविधेशनको तालिकाअनुसार कांग्रेसले क्रियाशील सदस्यता वितरण र वडादेखि जिल्ला तहसम्मका अधिवेशनलाई जनतामाझ पुग्नका लागि अवसरका रुपमासमेत उपयोग गर्ने जनाएको छ ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले लामो प्रयासका बाबजुद सर्वसम्मत रुपमा महाधिवेशनको मिति तोक्न भएको सहमतिबाट पार्टीलाई बदलिएको समयबमोजिमको बनाउने प्रक्रियाको थालनी भएको बताए । उनले भने, “कांग्रेस अब महाविधेशनसँगै निर्वाचनको कुरालाई पनि सँगै लिएर गाउँ जान्छ, हामी बदलिएर आउँदै छौँ र हामी मत लिनका लागि पनि आउँदै छौँ भन्ने अभियान सँगसँगै सुरु हुन्छ । यो महाधिवेशन मात्रै होइन, अहिलेको जेनजी आन्दोलनको परिवर्तनप्रति कांग्रेस के भन्न चाहन्छ ?, अहिलेका घटनाक्रमलगायतलाई कसरी बुझ्न चाहन्छ ?, कसरी बुझ्दछ ? र आगामी दिनमा त्यस्तो अवस्था हुन नदिनलाई आफूलाई कसरी नयाँ बनाउन चाहन्छ ? भन्ने सन्देश पनि दिन चाहन्छौँ ।”

महामन्त्री शर्माले कांग्रेसको आगामी महाधिवेशन र निर्वाचनको सँगसँगैको अभियानले मुलुकलाई निर्वाचनमय बनाउने र यसले अन्ततः संविधानलाई ट्र्याकमा ल्याउनलाई निर्वाचनमार्फत ल्याउन बल पुर्‍याउन विश्वास व्यक्त गरे । 

महाधिवेशनको कार्यतालिकामा रहेको समयको चापलाई मध्यनजर गरी युद्धस्तरमा काम गर्ने उनले बताए  । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस केन्द्रीय समिति बैठक गत असोज २८ गतेदेखि प्रारम्भ भएको थियो । बैठकमा संस्थापनतिर पक्षधरले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता गराएको थियो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले यही मङ्सिर २३ गते समयावधि सकिन लागेको पार्टीको वर्तमान कार्यसमितिको म्यादसमेत दुई महिना थप गर्ने निर्णय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा भएको थियो । 

पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार यही मङ्सिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण गरिनेछ । मङ्सिर २४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फाराम पठाइने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: