काठमाडाैं । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेबाट औपचारिक रूपमा सञ्चालन हुने भएको छ ।
निर्वाचन आयोगले आइतबार आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमै समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै आवश्यक तयारी प्रक्रियाहरू तीव्र बनिएको हो ।
आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलका लागि निवेदन दर्ता प्रक्रिया मंसिर २१ गते बिहान १० बजेबाट प्रारम्भ हुनेछ । दलहरूले आफ्नो सहभागितासम्बन्धी निवेदन मंसिर २३ गते दिउँसो ४ बजेसम्म पेस गर्न सक्ने आयोगले जानकारी दिएको छ ।
निवेदन दर्ता अवधि सम्पन्न भएको भोलिपल्ट, अर्थात् मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली सार्वजनिक गरिनेछ । यससँगै दलहरूले समानुपातिक प्रणालीअन्तर्गत सहभागी हुने औपचारिकता पूरा भएको मानिनेछ ।
आयोगद्वारा स्वीकृत विस्तृत कार्यक्रमअनुसार पुस १३ र १४ गते समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस गर्ने समय निर्धारण गरिएको छ । राजनीतिक दलहरूले आफ्नो प्राथमिकताक्रमसहितको बन्दसूची सोही अवधिमा आयोगमा बुझाउनुपर्नेछ ।
यस प्रक्रियाको अन्तिम चरणअन्तर्गत, माघ २० गते समानुपातिक उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा प्रकाशन गरिनेछ । सूची सार्वजनिक भएपछि राजनीतिक दलहरूले निर्वाचन तयारीलाई अझ सुदृढ बनाउने अपेक्षा आयोगले गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: