काठमाडाैं । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेबाट औपचारिक रूपमा सञ्चालन हुने भएको छ ।
निर्वाचन आयोगले आइतबार आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमै समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै आवश्यक तयारी प्रक्रियाहरू तीव्र बनिएको हो ।
आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलका लागि निवेदन दर्ता प्रक्रिया मंसिर २१ गते बिहान १० बजेबाट प्रारम्भ हुनेछ । दलहरूले आफ्नो सहभागितासम्बन्धी निवेदन मंसिर २३ गते दिउँसो ४ बजेसम्म पेस गर्न सक्ने आयोगले जानकारी दिएको छ ।
निवेदन दर्ता अवधि सम्पन्न भएको भोलिपल्ट, अर्थात् मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली सार्वजनिक गरिनेछ । यससँगै दलहरूले समानुपातिक प्रणालीअन्तर्गत सहभागी हुने औपचारिकता पूरा भएको मानिनेछ ।
आयोगद्वारा स्वीकृत विस्तृत कार्यक्रमअनुसार पुस १३ र १४ गते समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस गर्ने समय निर्धारण गरिएको छ । राजनीतिक दलहरूले आफ्नो प्राथमिकताक्रमसहितको बन्दसूची सोही अवधिमा आयोगमा बुझाउनुपर्नेछ ।
यस प्रक्रियाको अन्तिम चरणअन्तर्गत, माघ २० गते समानुपातिक उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा प्रकाशन गरिनेछ । सूची सार्वजनिक भएपछि राजनीतिक दलहरूले निर्वाचन तयारीलाई अझ सुदृढ बनाउने अपेक्षा आयोगले गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: