काठमाडौं । एडम रोसिङटनको शतकसहितको उत्कृष्ट ब्याटिङमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफमा पुग्ने आशा जोगाएको छ ।
२०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमै १६७ रनमा अलआउट भयो । पाँच खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक बनाएको छ भने पाँचै हारसँगै कर्णाली प्लेअफबाट बाहिरिने पहिलो टोली बन्यो । अब कर्णालीले आइतबार जनकपुर बोल्ट्ससँग अन्तिम खेल खेल्नेछ ।
कर्णालीका लागि ओपनर मार्क वाटले २२ बलमा अर्धशतकसहित ५९ रन बनाए पनि अन्य ब्याटरले साथ दिन नसक्दा टिम पटक–पटक दबाबमा पर्यो । पवन सर्राफ १९, नजिबुल्लाह जद्रान २४ र प्रियांक पान्चल १६ रनमा सीमित रहे। पोखराका बलर धनन्जय लक्षन र ऋषी धवनले ३–३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले २० ओभरमा २ विकेट गुमाएर २०१ रनको विशाल योगफल बनायो । लगातार दोस्रो खेलमा चम्किएका रोसिङटनले ५८ बलमा अविजित १०८ रन प्रहार गरे । उनले कप्तान कुशल भुर्तेलसँग ३४ रन र ज्यासन रोएसँग १२७ रनको महत्वपूर्ण साझेदारी गरे । रोयले डेब्युमै ४६ रन योगदान दिए ।
पोखराले अन्तिम पाँच ओभरमा ६५ रन जोड्दै ठूलो स्कोर बनाएको थियो । कर्णालीका नन्दन यादव र मार्क वाटले १–१ विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: