Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

मतदानमै आएनन् एमालेका ५३ प्रतिशत संगठित सदस्य

खबरडबली संवाददाता

काठमाडौं । २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको आन्तरिक निर्वाचनमै भोट दिन उपस्थित भएनन् । 

१६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट कार्य आइतबार भएको थियो । त्यसमध्ये ५८ क्षेत्रमा मात्रै मतदान प्रक्रियामार्फत प्रतिनिधि चुनिएकामा मतदाताको उपस्थिति भने निराशाजनक देखिएको हो । धनुषा २ मा त १.३६ प्रतिशत मात्रै मतदानमा सहभागी भए । जबकि यो क्षेत्रमा १३ हजार १७८ मतदाता (संगठित सदस्य) थिए, तर १८० जना मात्रै मतदानमा सहभागी भए । त्यस्तै, झापा ३ मा सबैभन्दा धेरै ७८.३३ प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा दुई हजार ४१८ मतदाता रहेकामा एक हजार ८९४ ले मतदान गरेका हुन् । देशभर मतदान भएका ५८ क्षेत्रका कुल संगठित सदस्यमध्ये औसत ४६.९९ प्रतिशत मात्रै भोट दिन उपस्थित भए ।

१.३६ प्रतिशत मात्रै मत खसेको धनुषा २ का एमाले क्षेत्रीय अध्यक्ष जामुन यादव सुरुदेखि सर्वसम्मतिको प्रयास भएको, तर अन्तिममा मतदान प्रक्रिया भएकाले कम मत खसेको बताउँछन् । ‘हाम्रो क्षेत्रमा संगठित सदस्य १३ हजार १७८ हो । तर, सर्वसम्मतबाट प्रतिनिधि छान्ने तयारी भएकाले तीन हजारजति मात्रै उपस्थित थिए । अन्तिममा संगठित सदस्य उमाशंकर साहले माग गरेपछि मतदान प्रक्रिया सुरु भएको थियो । तर, बिचैमा उहाँ मतदान छाडेर हिँडेपछि फेरि भोटिङ प्रक्रिया रोकियो । त्यतिवेलासम्म १८० मत खसेको थियो । साहजी हिँडेपछि फेरि सहमतिमै प्रतिनिधि चयन गर्ने निर्णय गर्‍यौँ । तर, निर्वाचन अधिकृतले खसेको मत काउन्ट गर्ने भनेपछि त्यही १८० मत गनिएको हो,’ उनले भने ।

औरही गाउँपालिका अध्यक्षसमेत रहेका साह भने प्रतिनिधि छनोटमा धाँधली भएको आरोप लगाउँछन् । ‘संगठित सदस्यलाई खबरै नगरी सो क्षेत्रका नेता उमाशंकर अरगरिया र प्रदेशमन्त्री लखन दासले मिलेमतोमा प्रतिनिधि छनोट गरेका हुन्,’ उनले भने, ‘मैले नाम मात्रैको मतदानको विरोध गर्दा सुनुवाइ नभएपछि बहिष्कार गरेर घर आएको हुँ ।’ 

३२ निर्वाचन क्षेत्र रहेको मधेशमा जम्मा ६ निर्वाचन क्षेत्र (सिराहा १, धनुषा २, रौतहट ४, बारा २ तथा महोत्तरी १ र ४) मा मात्रै मतदान भयो । जसमध्ये बारा २ मा मात्रै ५०.६१ प्रतिशत मत खसेकोमा अन्य पाँच क्षेत्रमा ५० प्रतिशतभन्दा कम खसेको छ । मधेशमा औसत ३०.२५ प्रतिशत मात्रै मतदान भएको छ । एमाले धनुषाका सचिव दीपेन ठाकुरले मतदाता कम उपस्थित भएकाले भोट कम खसेको जवाफ दिए । 

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दीपेश घिमिरे पुरानै नेतृत्वलाई वैधता दिने एमाले महाधिवेशनको प्रयोजन निश्चित भएकाले कार्यकर्ताको ठुलो हिस्साले मतदानमार्फत असहमति जनाएको बताउँछन् । ‘तिमीले लिएको नीतिप्रति सहमति छैन । सदस्यता त लिएको छु, तर तिमीलाई चुन्न आउँदिनँ भनेर कार्यकर्ताले ‘इग्नोर’ गरेको देखिन्छ । एक किसिमले यो मौन विद्रोहजस्तो हो,’ उनले भने, ‘कार्यकर्तामा घटेको उत्साहलाई समयमा समीक्षा गरेर अगाडि बढेनन् भने दलहरूले झन् ठुलो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।’

मधेशमा मात्रै होइन, अन्य प्रदेशमा पनि अवस्था उस्तै छ । कर्णालीमा १२ निर्वाचन क्षेत्र रहेकामा मतदान प्रक्रिया रुकुम पश्चिममा मात्रै भयो । त्यसमा पनि १७.२३ प्रतिशत मात्रै मत खस्यो । १८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा पनि ६ ठाउँमा मात्रै निर्वाचन भयो, तर कुनैमा पनि ५० प्रतिशत मत कटेन । गण्डकीमा औसत ४२.१३ प्रतिशत मतदान भएको छ । त्यस्तै, १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा पनि तराईका पाँच निर्वाचन क्षेत्रमा मात्रै मतदान प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि चुनियो । तर, कुल मतदाताको ४१.५५ प्रतिशत मात्रै मतदानमा सहभागी भए । सबैभन्दा कम कैलाली ४ मा २८.१० प्रतिशत र सबैभन्दा बढी कञ्चनापुर १ मा ५०.७९ प्रतिशत मत खसेको छ ।

काठमाडौं उपत्यकासमेत समेटिने बागमती प्रदेशमै मतदाताको उत्साहजनक सहभागिता देखिएन । ३३ निर्वाचन क्षेत्र रहेको बागमतीमा १४ क्षेत्रमा मतदानबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । जसमा औसत ४६.०९ प्रतिशत मात्रै मत खसेको छ । सबैभन्दा कम मकवानपुर १ मा २६.३ प्रतिशत र सबैभन्दा धेरै काठमाडौं १ मा ६१.८० प्रतिशत मत खसेको छ ।

लुम्बिनीमा पनि मतदान उत्साहजनक छैन । २६ निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा मात्रै मतदान प्रक्रियाबाट प्रनिनिधि छनोट भएकामा उक्त प्रक्रियामा औसत ४०.३६ प्रतिशत मात्र सहभागी भए । सबैभन्दा कम पाल्पा १ मा कुल मतदाताको १३.६४ प्रतिशत मात्रै मत खस्यो भने सबैभन्दा बढी नवलपरासी पश्चिम २ मा ६१.५७ प्रतिशतले मतदान गरे । रुपन्देही २ मा ३१.७५ प्रतिशत मत खस्यो ।

एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले सर्वसम्मतको प्रयास गर्दा मत कम खसेको तर्क गरे । ‘सर्वसहमतिको प्रयासको असरका कारण महाधिवेशन प्रतिनिधि छनोटमा मत कम खसेको हो । यहाँका मतदाता धेरै बाहिर हुनुहुन्छ, यहाँ सर्वसम्मतको प्रयास जारी थियो, सर्वसम्मत होला भनेर धेरै आउनुभएन, तर पछि निर्वाचनमा जाने भएपछि सूचना प्रवाह गर्दा ढिला भइसकेकाले बाहिर रहेका मतदाता आउन सक्नुभएन,’ उनले भने ।

२८ निर्वाचन क्षेत्र रहेको कोशीमा १९ क्षेत्रमा निर्वाचनबाट प्रतिनिधि छानिए । कोशीमा औसत ५९.९० प्रतिशत मत खसेको छ, जुन औसतमा अन्य प्रदेशको तुलनामा भने धेरै हो । कोशीमा सबैभन्दा कम ओखलढुंगामा २१.२७ प्रतिशत मत खसेकोमा सबैभन्दा बढी झापा ३ मा ७८.३३ प्रतिशत मत खस्यो ।

एमाले झापाका अध्यक्ष प्रेम गिरीले संकटका वेला कार्यकर्तालाई पार्टी खोज्ने बनाएर कर्तव्यमुखी बनाउन खोज्दा केही कम मत खसेको बताए । तर, मत हाल्न नआउनेहरू चुकेका कारण पश्चत्ताप गरिरहेको उनले बताए । ‘पहिले एक हप्तासम्म उम्मेदवार भोट माग्न आउने, कुरा सुन्ने थियो । यसपटक कार्यकर्ताले कर्तव्य कति पूरा गर्दोरहेछ भन्ने उद्देश्यले उर्दी पनि गरेनौँ, तर सूचना गर्‍यौँ । विगतमा ६३ प्रतिशतभन्दा माथि मत खस्थ्यो । यसपटक ५५ देखि ६० प्रतिशत खसेको छ, कमचाहिँ हैन,’ उनले भने, ‘१५–२० प्रतिशत मतदाता भूगोलबाहिर पनि हुन्छन् ।’

काठमाडौं विश्वविद्यालयका डिन डा. उद्धव प्याकुरेल महाधिवेशन प्रनिनिधि छनोट प्रक्रियामै संगठित कार्यकर्तामा उत्साह नहुनुले पार्टी नेतृत्वको वैधता गुमेको बताउँछन् । ‘जसरी ओली बालुवाटारबाट निस्केर बाहिर बस्दा सडकमा कार्यकर्ता आएनन्, गुन्डुमा केही स्वार्थ समूहले मात्रै बोक्यो । यो भनेको नेतृत्वले वैधता गुमाइसकेको हो । त्यही नेतृत्व नै फेरि बहाली हुन्छ भन्ने भएपछि कार्यकर्तामा उत्साह भएन । प्रतिनिधि छनोटको निर्वाचनमा जति सहभागिता देखियो, त्यो पनि धेरै हो,’ उनले भने ।

त्यस्तै, राजनीतिक विश्लेषक झलक सुवेदी पार्टी नेतृत्व र सदस्यबिच दूरी बढेको देखिएको बताउँछन् । ‘नेपाली राजनीतिमा पार्टीको विचार, नीति र नेताप्रति विश्वास कमजोर भइरहेको छ । भुइँमा के भएको हो, पार्टीको नेतृत्वले सकेसम्म सहमति हुन्छ, भोट हाल्न आउनुपर्दैन भन्ने सूचना प्रवाह गरेको हो कि, नेतृत्व, स्थानीय कार्यकर्ता र सदस्यबिच संवाद टुटेको छ कि, पछिल्लो परिवर्तनपछि पार्टीसँग निरपेक्ष भएको हो कि ? जे भए पनि पार्टी नेतृत्व र सदस्यबिचमा दूरी बढेको देखिन्छ,’ उनले भने, ‘पार्टीका विचार, नीति र नेताप्रति विश्वास कमजोर भएको होला । आमकार्यकर्ता र सदस्यलाई मतको निर्णय गर्ने अधिकार नदिएर दुई–चार नेताले खेलाउने, दबाब सिर्जना गरेर आफ्नो अधिकार ‘एक्सरसाइज’ गर्न नदिने प्रवृत्तिले वितृष्णा पनि बढाएको होला ।’

एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी केही ठाउँमा मात्र मतदान कम भएको बताउँछन् । ‘सबैतिर कम मतदान भएको भन्ने पनि होइन । धेरै ठाउँमा सर्वसम्मतिले प्रतिनिधि छानिए । जहाँ चुनाव भयो तीमध्ये कतिपय ठाउँमा टाढा–टाढाबाट सदस्य आउनुपर्ने भएको हुनाले मतदानमा कम सहभागिता हुन सक्छ,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending