काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानुन बनाउनुपर्ने माग गरेका छन् । बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले अमेरिकासहितका अन्य देशहरूमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताए । यसलाई हटाएर १६ वर्षमै काम गर्न पाउने कानुनी प्रावधान जरुरी रहेको गौतमको भनाइ छ ।
नेपाली युवाहरू विश्वभर छरिएका र उनीहरुले पठाएको रकमबाट देश चलिरहेको भन्दै उनीहरूलाई स्वदेशमै रोजगारी दिन सक्ने वातावरण बनाउनुपर्ने उनले बताए ।
उनले भने, ‘हाम्रो करिब ६० लाख युवाहरू संसारभर बाँडिएका छन् । उनीहरुले यति पैसा कमायौँ भनेर पैसा पठाउँछन् । उनीहरूको श्रम शक्ति ठुलो सङ्ख्याको श्रम शक्तिबाट प्राप्त गर्दछन् । जसले उनीहरूलाई रोजगारी दिन्छ । रोजगारी हामीले भन्छौँ, एउटा ठुलो अवसर हो । यहाँ ल्याइसकेपछि त्यो पैसाको बदलामा कि त काम दिनुपर्छ । ऋणमाथि ऋण थुपारेर सरकारले प्रयोग गर्ने । देश विकास गर्ने हो भने काम गर्न सक्ने व्यक्ति १६ वर्षदेखि काम गर्न सक्छ । र कानुन नै बनाउनुपर्छ । कानुनमा १८ वर्ष पुगेपछि काम गर्न पाउने कानुन छ । १६ वर्षमा काम गर्न सक्छन् । अमेरिकामा सक्छ, अरू देशमा सक्छन् । नेपालमा १८ वर्ष लगाउनुपर्छ ? दुई वर्ष कामविहीन हुने । १६ वर्षकोले पनि काम गर्न पाउने कानुन बनाउनुपर्छ ।’
उनले ऋणमाथि ऋण थुपार्ने भन्दा सरकारले रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताए । –न्युज एजेन्सी नेपाल
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: