काभ्रेपलाञ्चोक । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी, लुटपाट गरी क्षति पुर्याउनेलाई जिल्ला अदालत कार्यालय काभ्रेपलाञ्चोकले धरौटीमा छाड्ने आदेश दिएकाे छ ।
जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश दिएकाे अदालतकी श्रेष्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिइन् । उनले बनेपास्थित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन तथा सोही भवन बाहिर राखिएका सवारीसाधनमा क्षति गराएको, प्रहरी चौकी पनौतीको भवन, पनौतीस्थित सडकखण्डमा रहेको प्रहरी बिट, धुलिखेल नगरपालिकास्थित बसपार्कमा रहेको प्रहरी बिट, बनेपामा रहेको प्रहरी बिट तथा प्रहरीका लत्ताकपडामा आगजनी तथा तोडफोड गरी भवनभित्रका हतियार र गोली लुटपाट तथा चोरी अभियोगमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालतले न्यायिक मनका आधारमा धरौटीमा छाड्न आदेश दिएको बताइन् ।
पक्राउ परेकामध्ये साकार केसीलाई रु ९० हजार, अनिश सापकोटा र रविन्द्र परियारलाई जनही रु ६० हजार, समिर तामाङ, सुबास तामाङ, सुमन केसी, ङेमा मोक्तान, रमेश तिमल्सिना, विशाल तामाङ भन्ने विशाल भ्लोन, अभि शुद्धाकार र भिम तामाङलाई जनही रु ३० हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको श्रेष्तेदार कार्कीले बताइन् । अजय तामाङलाई रु २० हजार धरौटी माग गरेको उनले जानकारी दिए । उनले धरौटी बुझाएर सबै रिहा भएको बताइन् ।
प्रहरीले भिडियो र फोटोसहित पक्राउ परेकालाई आपराधिक उपद्रवमा मुद्दा दर्ता गरेको थियो । क्षतिग्रस्त प्रहरी कार्यालयको रु पाँच करोड ४२ लाख ७६ हजार ४६८ क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरियो । गत कात्तिक अन्तिम साता पक्राउ परेका अन्य थप पाँचलाई भने मङ्गलबार म्याद थप गरी अनुसन्धान भइरहेको कार्कीले जानकारी दिइन् ।
जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोलनका क्रममा अपराधिक घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कोमल शाहले कार्यालयमा ६ वटा नीजि संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान भइरहेको बताए । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा नीजि संरचनामा क्षति पुर्याइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: