Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रधानमन्त्री कार्कीकाे प्रतिनिधिसभा विघटनको पक्षमा नाै दाबी

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा विघटन र आफ्नो नियुक्तिलाई वैध ठहर गर्ने दाबी गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेकी छन् । उनले आफू विषम परिस्थितिमा प्रधानमन्त्री बन्न बाध्य भएको, नागरिक सरकार नै विकल्प रहेको, र पुनर्स्थापनाले समाधान नदिने कुरामा जोड दिएकी छन् ।

१. विषम परिस्थितिमा प्रधानमन्त्री बन्न बाध्य

प्रधानमन्त्री कार्कीले आफू सहज अवस्थामा नभई असाधारण परिस्थितिमा मात्र प्रधानमन्त्री बनेको बताएकी छन् । जेनजी आन्दोलनका क्रममा ७८ जनाको ज्यान गएको, सरकारी भवनमा आगजनी र तोडफोड भएको, र सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा ल्याउन नसकेको उल्लेख गरेकी छन् । यस क्रममा राष्ट्रलाई स्थिर राख्न तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गर्न अनुरोध गरेको उनले भनिन् ।

२. नागरिक सरकार नै विकल्प

उनका अनुसार, आन्दोलनपछि प्रतिनिधिसभाबाट सरकार गठन गर्ने विकल्पले नागरिक विश्वास जित्न सक्दैनथ्यो । त्यसैले स्वतन्त्र नागरिक सरकार गठन गर्नु अपरिहार्य भएको थियो । यो कदमले नागरिकको वास्तविक आवाजलाई सम्मान गर्ने, र पुरानो जनादेशलाई प्रतिस्थापन गर्ने अवसर दिएको उनले दाबी गरेकी छन् ।

३. आवश्यकताको सिद्धान्त अनुसार नियुक्ति

कार्कीले आफ्नो नियुक्ति संविधानको “आवश्यकताको सिद्धान्त” अनुसार भएको बताएकी छन् । सामान्य परिस्थितिमा संविधानको व्यवस्थालाई अक्षरशः पालन गर्नुपर्ने भए पनि, विषम परिस्थितिमा राष्ट्रहितमा आवश्यक कदम चाल्नु अनिवार्य हुन्छ । उनले उदाहरण दिँदै भनिन् कि असहज परिस्थितिबाट राष्ट्रलाई जोगाउन तत्कालीन निर्णय अपरिहार्य थियो ।

४. जनादेश अनुसार विघटन

उनका अनुसार, प्रतिनिधिसभाले नागरिकको अपेक्षा अनुसार काम नगरेको र पुरानो संसद् संकटमा परेको थियो । यसले जनादेश अनुसार विघटन आवश्यक बनाएको उनले उल्लेख गरिन् । संविधानका धारा मात्रमा सीमित भएर समाधान खोज्नु राजनीतिक संविधानवादको विपरीत हुने हुँदा, परिस्थितिको फराकिलो व्याख्या गर्नुपर्ने कार्कीको तर्क छ ।

५. राजनीतिक संविधानवादको दृष्टिकोण

प्रधानमन्त्री कार्कीले अदालतलाई संविधानको कठोर धारा मात्र हेर्नु नहुने, परिस्थितिलाई व्यापक दृष्टिकोणबाट बुझ्नु पर्ने सुझाव दिएकी छन् । उनले यस कदमले संविधानको अस्तित्वलाई अस्वीकार नगरी, त्यसलाई गतिशील दस्तावेजको रूपमा स्वीकार्य बनाउन मद्दत गरेको दाबी गरेकी छन् ।

६. पूर्वप्रधानन्यायाधीशको नियुक्ति वैध

नेपालको संविधान अनुसार पूर्वप्रधानन्यायाधीशलाई सामान्य सरकारी नियुक्तिमा रोक लगाइएको भए पनि, कार्कीले विषम परिस्थितिमा उक्त बन्देज लागू नहुने उल्लेख गरेकी छन् । 
नागरिकले स्वीकार गर्ने व्यक्तिलाई राजनीतिक गतिरोधको समाधानका लागि नियुक्त गर्न सकिने उनको भनाइ छ ।

७. पुनर्स्थापनाले समाधान नदिने

प्रतिनिधिसभा पुनर्स्थापनाले केवल अन्योल, अस्थिरता र अराजकता सिर्जना गर्ने भएकाले त्यसको माग अस्वीकृत हुनु पर्ने कार्कीको तर्क छ । उनले उल्लेख गरेकी छन् कि आगामी निर्वाचन प्रक्रिया अघि बढिसकेको र त्यसलाई रोक्नु अर्को विद्रोह निम्त्याउने जोखिम हो ।

८. सरकारद्वारा सुधार र प्रगति

प्रधानमन्त्री कार्कीले सरकार गठन भएपछि सुधार र प्रगतिका काम भइरहेको बताएकी छन् । निजी क्षेत्रको मनोबल बढेको, कूटनीतिक छवि सुधारिएको, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा निर्वाचनको तयारी सबैभन्दा उपयुक्त निकास भएको उनले दाबी गरेकी छन् ।

९. प्रतिनिधिसभा विघटन राजनीतिक कदम

अन्ततः, कार्कीले प्रतिनिधिसभा विघटनलाई राजनीतिक कदमको रूपमा व्याख्या गरेकी छन्। उनले भनिन् कि यो कदम असंवैधानिक नभई राष्ट्र र संविधानको दीर्घकालीन हितमा उठाइएको निर्णय हो । विघटनले तत्कालीन जनादेश प्रतिस्थापन गर्ने, नागरिक सरकार स्थापना गर्ने, र आगामी निर्वाचन सुनिश्चित गर्ने मार्ग प्रशस्त गरेको उनले जोड दिइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: