Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

सर्वोच्च अदालतमा आगजनी गर्नेहरु भन्छन्-‘राजनीतिक आस्थाका आधारमा फैसला गर्न थाल्यो भनेर जलाएका हाैँ’

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलन चरम उकालो लागेको बेला भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको आगजनी र हतियार लुटपाटप्रकरणले अहिले राजनीतिक तथा सुरक्षागत वृत्तमा गम्भीर बहस सिर्जना गरेको छ । 

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूमा सम्राट परियार, एलेक्स पराजुली, ब्राउन श्रेष्ठ र ज्योती थापा घताने रहेका छन् ।

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार, घटनाका अधिकांश अभियुक्तहरू भीडको आवेग र उक्साहटमा परेर संवैधानिक न्यायालयमाथि आक्रमणमा उत्रिएको बताएका छन् । तर, आरोपी ज्योती थापा घतानाको बयान भने अरूभन्दा फरक रहेको छ । उनका अनुसार सर्वोच्च अदालतले पछिल्ला महिनादेखि “राजनीतिक आस्थाका आधारमा छानीछानी फैसला गर्न थालेको” महसुस भएपछि “संस्थागत सुधार र पुनर्संरचना अनिवार्य छ” भन्ने मान्यताले आफूले आगो लगाउने समूहमा सहभागी भएको बताएकी छन् ।

प्रहरीका अनुसार सम्राट परियारको आपराधिक पृष्ठभूमि समेत खुलेको छ । उनीमाथि यसअघि नै ठगी र बैंकिङ कसुरसँग सम्बन्धित मुद्दाहरू दर्ता रहेका थिए, जसले उनको भूमिकाप्रति थप प्रश्न उठाएको छ । त्यस्तै, एलेक्स पराजुली र ब्राउन श्रेष्ठले घटनाको दौरान प्रहरीले बोकिरहेको हतियार लुटेर सर्वोच्चभित्र प्रदर्शनसमेत गरेको अनुसन्धानले देखाएको छ ।

तर, लुटिएको हतियार भने अहिलेसम्म प्रहरीले फेला पार्न सकेको छैन । अभियुक्तहरूले उक्त हतियार सेनालाई बुझाइसकेको दाबी गरे पनि प्रमाणित हुन सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले हतियारको वास्तविक अवस्था, अन्य संलग्न व्यक्तिहरूको पहिचान तथा सम्भावित योजनाबारे अनुसन्धान तीव्र पारिएको जानकारी दिए ।

प्रहरीका अनुसार प्रारम्भिक तथ्यहरू हेर्दा सिंहदरबारमा आगजनी गर्ने योजना बनाइरहेको समूह नै त्यस दिन सर्वोच्चतर्फ डाइभर्ट भएको देखिन्छ । यसले घटनाको स्वरूपलाई अझ गम्भीर बनाएको र ‘आन्दोलनको नाममा योजनाबद्ध विध्वंसात्मक गतिविधि भइरहेको’ संकेत दिएको अधिकारीहरूको बुझाइ छ ।

उक्त प्रकरणका थप आयाम, योजनाकार तथा सम्भावित राजनीतिक जडबारे अनुसन्धान जारी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending