Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

सर्वोच्च अदालतमा आगजनी गर्नेहरु भन्छन्-‘राजनीतिक आस्थाका आधारमा फैसला गर्न थाल्यो भनेर जलाएका हाैँ’

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलन चरम उकालो लागेको बेला भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको आगजनी र हतियार लुटपाटप्रकरणले अहिले राजनीतिक तथा सुरक्षागत वृत्तमा गम्भीर बहस सिर्जना गरेको छ । 

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूमा सम्राट परियार, एलेक्स पराजुली, ब्राउन श्रेष्ठ र ज्योती थापा घताने रहेका छन् ।

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार, घटनाका अधिकांश अभियुक्तहरू भीडको आवेग र उक्साहटमा परेर संवैधानिक न्यायालयमाथि आक्रमणमा उत्रिएको बताएका छन् । तर, आरोपी ज्योती थापा घतानाको बयान भने अरूभन्दा फरक रहेको छ । उनका अनुसार सर्वोच्च अदालतले पछिल्ला महिनादेखि “राजनीतिक आस्थाका आधारमा छानीछानी फैसला गर्न थालेको” महसुस भएपछि “संस्थागत सुधार र पुनर्संरचना अनिवार्य छ” भन्ने मान्यताले आफूले आगो लगाउने समूहमा सहभागी भएको बताएकी छन् ।

प्रहरीका अनुसार सम्राट परियारको आपराधिक पृष्ठभूमि समेत खुलेको छ । उनीमाथि यसअघि नै ठगी र बैंकिङ कसुरसँग सम्बन्धित मुद्दाहरू दर्ता रहेका थिए, जसले उनको भूमिकाप्रति थप प्रश्न उठाएको छ । त्यस्तै, एलेक्स पराजुली र ब्राउन श्रेष्ठले घटनाको दौरान प्रहरीले बोकिरहेको हतियार लुटेर सर्वोच्चभित्र प्रदर्शनसमेत गरेको अनुसन्धानले देखाएको छ ।

तर, लुटिएको हतियार भने अहिलेसम्म प्रहरीले फेला पार्न सकेको छैन । अभियुक्तहरूले उक्त हतियार सेनालाई बुझाइसकेको दाबी गरे पनि प्रमाणित हुन सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले हतियारको वास्तविक अवस्था, अन्य संलग्न व्यक्तिहरूको पहिचान तथा सम्भावित योजनाबारे अनुसन्धान तीव्र पारिएको जानकारी दिए ।

प्रहरीका अनुसार प्रारम्भिक तथ्यहरू हेर्दा सिंहदरबारमा आगजनी गर्ने योजना बनाइरहेको समूह नै त्यस दिन सर्वोच्चतर्फ डाइभर्ट भएको देखिन्छ । यसले घटनाको स्वरूपलाई अझ गम्भीर बनाएको र ‘आन्दोलनको नाममा योजनाबद्ध विध्वंसात्मक गतिविधि भइरहेको’ संकेत दिएको अधिकारीहरूको बुझाइ छ ।

उक्त प्रकरणका थप आयाम, योजनाकार तथा सम्भावित राजनीतिक जडबारे अनुसन्धान जारी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: