सर्लाही । सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेसका ४०३ परिवार लाभान्वित भएका छन् ।
महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक उपार्जनका लागि भन्दै एसियाली विकास बैंकको सहयोगमा मधेसका आठ जिल्लाका आठ पालिकामा सञ्चालित कार्यक्रमबाट ४०३ परिवार लाभान्वित भएका हुन् ।
आयोजना प्रमुख रणधीर पाठकका अनुसार अहिले मधेसका आठ जिल्लाका आठ पालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक तथा सामाजिकस्तर उठाउने, उद्यमशील बनाउने तथा आर्थिक आयआर्जनमा जोड्ने उद्देश्यले सन् २०२२ देखि परियोजना सुरु भएको उनले जानकारी दिए ।
एसियाली विकास बैंक, नर्वे सरकार र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा सर्लाहीको बागमती नगरपालिका, सप्तरीको कञ्चनपुर नगरपालिका, सिरहाको लाहान नगरपालिका, धनुषाको बटेश्वर गाउँपालिका, महोत्तरीको बर्दिवास नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, बाराको कलैया उपमहानगरपालिका र पर्साको पटेर्वा सुगौली गाउँपालिकामा सञ्चालित सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख शम्भु कुसियत यादवले जानकारी दिए ।
उनका अनुसार महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक तथा सामाजिकस्तर सुधार गरी सहज रूपमा जीविकोपार्जन गराउन, विद्युत् सेवा सुधार गर्न, प्रविधिसँगै सीप र क्षमता विकास गर्दै उद्यमी बनाउन तथा प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिएको हो ।
सप्तरीका ४८, सिरहाका ५२, धनुषाका ४७, महोत्तरीका ५२, सर्लाहीका ५०, रौतहट ५३, बाराका ४८ र पर्साका ५३ परिवार सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममा जोडिएका उनले जानकारी दिए ।
विकासको मूलधारबाट पछाडि परेका समुदायस्तरमा विद्युत् पहुँच विस्तार भएसँगै आफूहरू विकासको गतिसँग जोडिएको अनुभूति भएको स्थानीयको भनाइ छ । सरकारले बिजुली वितरणका लागि मात्रै सामूहिक वा सहकारी संस्था बनाउने नभई स्थानीय तहमा लघु विद्युत् आयोजना निर्माण गर्न प्राविधिक र आर्थिक सहयोग गर्नुपर्ने स्थानीयले आवश्यकता औँल्याएका छन् ।
ग्रामीण विद्युतीकरण कार्यक्रमले ग्रामीण क्षेत्रमा हजारौँ साना उद्योग सञ्चालनमा सहयोग पुग्नुका साथै गरिबी निवारणमा सहयोग पुर्याएको छ । ग्रामीण विद्युतीकरणमा लागेका सहकारी संस्थाहरू सबल बन्नुपर्ने, विद्युत् महसुल उठाउने काम पारदर्शी बनाइनुपर्ने, सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: