Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अमेरिकाको नयाँ राडारले भेनेजुएला निगरानी

खबरडबली संवाददाता

एजेन्सी । ट्रिनिडाड एन्ड टोबागोकी प्रधानमन्त्री कमला पर्साद–बिसेसरले बुधबार संयुक्त राज्य अमेरिकाले द्वीपमा जडान गरेको नयाँ राडार प्रणालीको उद्देश्य लागुऔषध तस्करी नियन्त्रण गर्नुका साथै वासिङ्टनले प्रतिबन्ध लगाएको भेनेजुएलाको कच्चा तेलको अवैध आवागमन रोक्ने रहेको बताएकी छन् । 

हालका महिनाहरूमा वासिङ्टनले भेनेजुएलाको तटदेखि केही दूरीमा रहेको ट्रिनिडाड एन्ड टोबागोसँग सैन्य सहकार्य तीव्र बनाउँदै आएको छ । काराकासले यसलाई आक्रामक सङ्केत भन्दै कडा आपत्ति जनाएको छ । विशेषगरी अमेरिकी निर्देशित मिसाइल विध्वंसक सहभागी रहेको सैन्य अभ्यासलाई ‘उक्साहटमूलक’ भन्दै मदुरो प्रशासनलाई अपदस्थ गर्न अमेरिकी प्रयासको हिस्सा भएको काराकासले आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा वासिङ्टनले मदुरो सरकारमाथिको दबाब अझ बढाएको छ । ट्रम्प प्रशासनले भेनेजुएलालाई लागुऔषध गिरोह संलग्न राज्यका रूपमा चित्रित गर्दै उसको राजनीतिक वैधतालाई अस्वीकार गर्ने नीति अघि बढाएको छ ।

ट्रम्पको दृढ समर्थक मानिने प्रधानमन्त्री पर्साद–बिसेसरले नोभेम्बर २७ मा टेलिभिजन कार्यक्रममार्फत अमेरिकाले नयाँ विमानस्थलमा राडार जडान गर्ने पुष्टि गरेकी थिइन् । बुधबार जारी गरिएको उनको नयाँ वक्तव्यमा अमेरिकी राडारको मुख्य लक्ष्य प्रतिबन्धित भेनेजुएलाली कच्चा तेलसँग जोडिएका अवैध गतिविधिहरू पत्ता लगाएर थाम्ने रहेको पुनः उल्लेख गरिएको छ ।

'पछिल्लो राडारले भेनेजुएलाबाट हाम्रो भूमिभित्र आइरहेका लागुऔषध, हतियार, गोलाबारुद, अवैध आप्रवासी तथा प्रतिबन्ध छल्ने उद्देश्यले भइरहेको कच्चा तेलसम्बन्धी तस्करी गतिविधि पहिचान गर्न मद्दत गर्दछ,' प्रधानमन्त्रीले विज्ञप्तिमा भनेकी छन् । 

ट्रम्प प्रशासनले सन् २०१९ मा आफ्नो पहिलो कार्यकालमै भेनेजुएलाको तेलमाथि कडा प्रतिबन्ध लगाएको थियो । दोस्रो कार्यकालसम्म आइपुग्दा ती प्रतिबन्धहरू जस्ताको तस्तै राखिएको छ । पर्साद–बिसेसरले भनिन्, 'नयाँ उपकरणहरूले ट्रिनिडाड एन्ड टोबागोको हवाई तथा समुद्री निगरानी क्षमता उल्लेखनीय रूपमा बढाइसकेको छ, जसले हामीलाई पहिले उपलब्ध नभएको सुरक्षा स्तर प्रदान गर्दछ ।'

काराकासले प्रधानमन्त्री पर्साद–बिसेसरलाई अमेरिकाको भेनेजुएला विरोधी योजनामा सहभागी भएको आरोप लगाउँदै आलोचना गरेको छ । भेनेजुएलामा सैन्य हस्तक्षेपका लागि ट्रिनिडाड एन्ड टोबागोको भू-भाग प्रयोग गर्ने अमेरिकी योजनामा आफूहरूको संलग्नता रहेको भन्दै उठेको आरोपलाई प्रधानमन्त्रीले अस्वीकार गरेकी छन् । 

यसैबिच गत अगस्टदेखि वासिङ्टनले क्यारिबियन क्षेत्रमा विश्वकै सबैभन्दा ठुलो विमानवाहक सहित युद्धपोतहरूको ठुलो बेडा तैनाथ गरेको छ । लागुऔषध तस्करीविरुद्धको अभियान शीर्षकमा चलाइएका कम्तीमा २२ वटा समुद्री आक्रमणले ८३ जनाको ज्यान लिएको पुष्टि भइसकेको छ ।

अन्तर्राष्ट्रिय कानुनी विशेषज्ञहरूले यस्ता प्रहारहरूलाई सम्भावित रूपमा अवैध तथा गैरन्यायिक हत्याको श्रेणीमा पर्न सक्ने चेतावनी दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending