Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

माेरङमा केरौन सबस्टेसन निर्माणको काम तीब्र रुपमा

खबरडबली संवाददाता

माेरङ । मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन पश्चिममा चार वर्षअघिदेखि निर्माण सुरु भएको १३२/३३ केभी क्षमताको केरौन सबस्टेसन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको यो सबस्टेसन बनेपछि दक्षिणपूर्वी मोरङका ६१ हजार ग्राहकले ३० वर्षयता भोगेको विद्युत् भोल्टेजको समस्या स्थायी रूपमा समाधान हुने छ ।

सबस्टेसनका आयोजना प्रमुख दर्शन यादवका अनुसार एसियाली विकास बैङ्कको ८५ करोड रुपियाँ ऋण सहयोगमा सबस्टेसन निर्माण भइरहेको छ । उनले तेस्रो पटक थप भएको म्याद २०८२ को पुस १७ गतेसम्म अधिकांश निर्माण सम्पन्न हुने जानकारी दिए । हालसम्म भौतिक प्रगति ९१ प्रतिशत छ ।

२०७८ साउन २७ गते उक्त सबस्टेसन निर्माण गर्न  एनर्जिपिक इन्जिनियरिङ–एस आर एसोसिएट्स इन्फ्रास्ट्रक्चर जेभीलाई ठेक्का प्रदान गरिएको थियो । निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०८० कात्तिक २५ गते आयोजना सम्पन्न हुनुपर्ने भए पनि दुई पटक म्याद थप गरी आयोजना अन्तिम चरणमा पुर्‍याइएको हो । “अन्तिम म्याद २०८२ पुस १७ गतेसम्म पूर्ण रूपमा काम सम्पन्न हुने अवस्था छैन तर प्राविधिक रूपमा ९५ प्रतिशत काम सकिने छ,” आयोजना प्रमुख यादवले भने, “बाँकी काम सम्पन्न गर्न थप एक महिना लाग्ने छ ।” 

पर्याप्त क्षमताको सबस्टेसन नहुँदा दक्षिण मोरङका जनताले १७० केभी क्षमतामा मात्र विद्युत् उपभोग गर्न पाएका थिए । यो स्टेसन तयार भएपछि रङ्गेली वितरण केन्द्रबाट बिजुली बालिरहेका सबै खाले ग्राहकले ३० वर्ष पुरानो समस्याबाट मुक्ति पाउने छन् । रङ्गेली वितरण केन्द्रले हाल रङ्गेली, सुनबर्सी, रतुवामाई नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिकाका ५१ हजार १७९ घरधुरीमा विद्युत् सेवा दिएको छ ।

यस्तै ६७१ औद्योगिक उपभोक्ता छन् भने ८६७ विभिन्न सङ्घ संस्थाले विद्युत् सेवा लिएका छन् । सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि कुल ६१ हजार ८५५ ग्राहकले गुणस्तरीय सेवा पाउने अपेक्षा गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending