काठमाडौँ । उखु किसानले अनुदान र समर्थन मूल्य तोक्न सरकारलाई दवाब दिँदै आन्दोलन चर्काएपछि महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिल र सर्लाहीको इन्दुशङ्कर चिनी मिल सञ्चालनमा ढिलाइ भएको छ ।
किसान आन्दोलनका कारण यस वर्ष चिनी मिलहरू नियत समयभन्दा ढिलो चल्ने भएका छन् । गत वर्ष मंसिर २६ देखि फागुन २९ सम्म सञ्चालनमा रहेको एभरेस्ट मिलले ३१ लाख ४ हजार १६३ क्विन्टल उखु क्रसिङ गरी २ लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष भने आन्दोलनका कारण पुसपछि मात्र क्रसिङ सुरु हुने सम्भावना मिलले जनाएको छ ।
एभरेस्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यस वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिइएको छ । आंदोलनले वातावरण अन्योलपूर्ण भए पनि मिल सञ्चालनका तयारी तीव्र रूपमा भइरहेको उनले बताए ।
उखुको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गर्दा सर्लाहीका किसान निराश बनेका छन् । मूल्य निर्धारण नहुँदा किसानले उखु काट्न नसकेको र मिल सञ्चालन पनि प्रभावित भएको उद्योगीहरूको भनाइ छ ।
सर्लाहीस्थित इन्दुशङ्कर चिनी उद्योगले मिल सञ्चालनअघि डोङ्गा पूजा सके पनि मूल्य निर्धारण नहुँदा सञ्चालनबारे अन्योल कायम छ । उखु काट्न तयार किसान र उखु पेल्ने तयारीमा रहेका उद्योगी दुबै पक्ष समर्थन मूल्य घोषणाको प्रतीक्षामा छन् ।
बरहथवा नगरपालिका–३ का किसान नन्दु चौरसियाले मूल्य निर्धारण नभएकाले उखु काट्न नपाएको बताउँदै सरकारले मूल्य तोक्नासाथ काट्न थालिने जानकारी दिए ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष श्यामबाबु रायका अनुसार कृषिमन्त्री र कृषि सचिवलाई मंसिर २९ भित्र मूल्य तोक्न आग्रह गरिएको छ । गत वर्षको बाँकी ३५ रुपियाँ अनुदान भुक्तानी गर्ने र यस वर्ष मूल्य निर्धारणमा किसानको लागत समावेश गर्ने सरकारी आश्वासन भएको उनले बताए ।
इन्दुशङ्कर चिनी उद्योग हरिवनका उद्योगपति राजेश केडियाले कम र उच्च रिकभरी हुने उखुको अलग–अलग मूल्य तोक्न माग गर्दै सरकारले वैज्ञानिक मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: